मंगलबार १६ आश्विन २०८०

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले धैर्य, सावधानी र आत्मविश्वासका साथ कोभिड–१९ को रोकथाम र नियन्त्रणका साथै आफ्नो सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को यात्रालाई अघि बढाएको बताएका छन् ।

नयाँ सरकार बन्न लागेका स्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशवासीमा नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीका विभिन्न लहरले समृद्धिका यात्रामा गम्भीर ध’क्का दिए पनि निराश नभई अघि बढाउनुपर्ने बताए ।

उनले विश्वभरि कोभिडविरुद्धको खोप अभाव भए पनि ल्याउने प्रयास जारी भएकाले सबै नागरिकलाई निःशुल्क उपलब्ध गराइने बताए ।

ओलीले आफू सरकारबाट बाहिरिनु परेकोमा कुनै चिन्ता नभएको बताएका छन् । उनले भने,‘सरकारबाट बाहिरिनुपरेकोमा मलाई रत्तिभर पनि चिन्ता छैन ।

मैले जनताको पक्षमा काम गरेको हुँ । विकास, सुशासन र समृद्धिलाई ध्यानामा राखेर सम्पूर्ण इमानदारीताका साथ काम गरें । नयाँ नयाँ भीजन दिएर काम गरेको हुँ ।’

प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा देशले चौतर्फी ढंगले विकास, परिवर्तन र रुपान्तरण अनुभुत गरेको पनि दाबी गरे । उनले भने,‘मेरो नेतृत्वको सरकारमा जनताले राहत महशुस गरे ।

आफ्नो कामप्रति म ढुक्क छु । मलाई कुनै पनि चिन्ता छैन् ।’ उनले संविधानको अपव्याख्या गरी संविधानको संशोधन गरिएको पनि टिप्पणी गरे । उनले भने,‘आसन्न राजनीतिक विकृति र जोखिम प्रति मेरो चिन्ता हो।’

ओलीले सर्वोच्च अदालतप्रति आ’क्रोश पोखेका छन् । ‘दलबाट निर्वाचित भएकालाई ह्वीप लगाउन पाइदैन भन्ने व्याख्या हाम्रो संघर्ष, दलीय आस्थाका लागि चुकाएको मूल्यर दलीय पद्धति माथि नै चुनौती हो,’ ओलीले भने, ‘ जनादेश मेरो पक्षमा सर्वोच्चको परमादेश शेरबहादुरजीको पक्षमा गयो ।’ उनले अदालतमाथि मा’ग नगरिएका विषयहरुसम्म अगाडि बढेको टिप्पणी समेत गरे ।

अदालतले प्रत्येक विषयमा हात हालेको र नमागेका विषयहरुसम्म पुगेको टिप्पणी गरे । ओलीले भने,‘ संविधानको अपव्याख्याले संविधानको संशोधन गर्ने काम गरेको छ ।’दलीय प्रणालीविरुद्ध देशलाई लान खोजिएको बताए । उनले आफ्नो पद जानेभन्दा पद्धतिको चिन्ता रहेको बताए ।

ओलीले अदालतप्रति जनताको विश्वास गुम्दै गएको समेत बताए । उनले भने,‘ हप्तौं अगाडि फैसलाको जानकारी पाउने गर्यो । जनताको यस्ता संस्थाप्रतिको विश्वासमा ह्रास आउने र गुम्ने हुन्छ ।’

विगतमा पनि संविधानको अपव्यख्याले देशले ठूलो मूल्य चुकाउनुपरेको भन्दै फेरि त्यस्तै अवस्था आउने टिप्पणी गरे । उनले भने, ‘राजनीतिक विकृतिको मूल्य चुकाउनुपर्ने हुन्छ ।’ – ई’ताजा खबरबा’ट ।

८४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया