आइतबार १९ मंसिर २०७८

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सोमारको सर्वाेच्च अदालतको फैसलाप्रति विमति जनाउँदै ‘सर्वाेच्चमा गोरु व्याएको’ टिप्पणी गरेका छन् ।

सर्वाेच्चले आज असार २८ गते संसद् विघटनलाई पुनःस्थापना गरेपछि प्रतिक्रिया दिएका उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘वरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटी लिएँ–सर्वोच्च अदालतमा आज गोरू व्यायो ।’

साथै, सर्वाेच्चको फैसलाले देशमा जटिलता उत्पन्न भएको र देश अस्थिरतामा फस्ने खतरा रहेको पनि उनले बताए ।

५७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया