मंगलबार ०२ कार्तिक २०७८

काठमाडौं / सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै २ दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरु सडकमा विरोध प्रदर्शनमा उत्रिएका छन् ।

सर्वाेच्च अदालतको फैसला असंवैधानिक भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन भइरहेको छ । ।

ओली सरकार फालेर देउवा सरकार आउने भएपछि आक्रोशित ओली समर्थकहरुले अदालतमा कीर्ते हस्ताक्षर पेश गरि फैसला गरिएको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

संसद् पुनःस्थापनाको फैसलापछि युवा नेता महेश बस्नेतले फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गरेका थिए । हाल उनी समर्थकहरुसँगै माइतीघरमा रहेका छन् ।

युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।

३६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया