आइतबार १७ मंसिर २०८०

एजेन्सी / भारतको जयपुर सहरमा चट्याङका कारण कम्तीमा ११ जनाको मृ’त्यु भएको छ। आइतवारको घ’टनामा धेरै जना घा’इते भएका छन्।

पी’डितहरूले १२औ शताब्दीमा बनाइएको प्रख्यात पर्यटकीय स्थल आमेर किल्लामा सेल्फी खिचिरहेका बेला घट’ना भएको बताइएको छ।

त्यस बेला किल्ला र आसपासका स्थानमा २७ जना रहेको र तीमध्ये केहीले भुइँमा हाम फालेको बताइएको छ ।

सन् २००४ यता भारतमा चट्याङका कारण दुई हजार भन्दा बढीको मृ’त्यु भएको छ।

एक जना वरिष्ठ प्रहरी अधिकारीले सञ्चारकर्मीहरूलाई बताए अनुसार किल्ला पर्यटकहरू माझ चर्चित छ। उनका अनुसार मृ’त्यु हुनेमा अधिकांश युवाहरू छन्।

राजस्थानका विभिन्न स्थानमा आइतवार नै चट्याङका कारण थप नौ जनाको मृ’त्यु भएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

राजस्थानका मुख्यमन्त्री अशोक गहलौतले मृ’त्यु हुनेहरूका परिवारलाई क्षतिपूर्ति बापत ५००,००० रूपैया दिने घोषणा गरेका छन्।

भारतको उत्तर प्रदेश राज्यमा पनि चट्याङ लागेर २८ जनाको मृ’त्यु भएको बीबीसी हिन्दीले जनाएको छ।

तीमध्ये १३ जनाको मृ’त्यु प्रयागराज भनिने स्थानमा भएको बताइएको छ।

तीव्र वर्षा हुने भारतको मनसुन सामान्यता जून महिनादेखि सेप्टेम्बर महिनासम्म कायम रहन्छ।

भारतको मौसम सम्बन्धी विषय हेर्ने निकाय इन्डिएन मेटेरोलोजिकल डिपार्टमेन्टले जलवायु स’ङ्कट लगायतका विषयका कारण सन् १९६० यता भारतमा चट्याङका कारण ज्या’न गु’माउनेहरूको सङ्ख्या दोबर भएको जनाएको छ ।

त्यस्तै १९९० को सुरुवातदेखि मध्यतिरसम्म चट्याङका घ’टनाहरूमा पनि ३० देखि ४० प्रतिशत वृद्धि भएको बताइएको छ।

सन् २०१८मा भारतको दक्षिणीपूर्वी राज्य आन्ध्र प्रदेशमा मात्र १३ घण्टामा चट्याङका ३६,७४९ घ’टना रेकर्ड भएको प्रकाशमा आएको छ।

अधिकारीहरूका अनुसार त्यस्ता घ’टनाहरू रूखहरूको सङ्ख्या कम रहेको क्षेत्रमा बढी हुने पाइएको छ।

चट्याङबाट यसरी जोगिन सकिन्छ :

१) ठूलो भवन वा कारमा बस्ने

२) फराकिलो, खुला स्थानमा नबस्ने र नाङ्गो डाँडाभन्दा टाढा बस्ने

३) आसपासमा बस्न योग्य स्थान फेला नपरे नि’सानामा पर्ने सम्भावना घटाउने गरी हात, खुटा र टाउको सँगै पर्ने गरी निहुरिएर बस्ने

४) ठूलो रूखमुनि नबस्ने

५) पानीमा भए तटीय क्षेत्र वा खुला स्थानमा पुग्ने

१०७४ पटक हेरिएको

तपाईको प्रतिक्रिया