
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले खेल जित्नका लागि नेपाली राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरुलाई टिप्स दिनुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले आइतबार आयोजना गरेको नेपाली राष्ट्रिय टिमका खेलाडी तथा प्रशिक्षकको सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले खेल जित्नका लागि मस्तिस्क तथा आँखा छिटो हुनुपर्ने बताउनुभयाे ।
मन्त्रालयले नेपाल, किर्गिस्तान र बंगलादेशबीचको त्रिदेशिय फुटबल प्रतियोगितको बिजेता टिम नेपालका खेलाडी तथा प्रशिक्षकलाई सम्मान तथ पुरस्कार बितरण गरेको छ ।
प्रधानमन्त्रीको भनाइकाे सम्पादित अंश
“खेल खेल्नका लागि खेलाडीको मस्तिस्क फाष्ट हुनुपर्छ । आँखा अत्यन्तै छिटो हुनुपर्छ । अवस्थिति र मुभमेन्ट कतातिर छ, विपक्षी कहाँनेर छ र उसको मुभ कतातिर छ, त्यो हेर्न भ्याइसक्नुपर्छ । र, दिमाग अत्यन्तै छिटो चल्नुपर्छ । सँगसँगै शारीरिक हिसाबले पनि तगडा हुनुपर्छ । फोक्सो तगडा भएन भने दौडन सकिँदैन ।
मुटु तगडा भएन भने दौडन सकिँदैन । फोक्सोलाई चुस्त दुरुस्त राख्नलाई व्यायम व्रिथिङ व्यायाम गर्नुपर्छ । मसल दह्रो होस् भनेर, स्टामिना दह्रो होस भनेर गरिने व्यायम यी कुाराहरुसँगै अभ्यास गरेर संयोजन गरियो भने जित्न नसकिने भन्ने कुरै छैन । एउटा हामीमा कम्प्लेक्स छ ।
युरोपियन, अमेरिकन अलिक अग्लाअग्ला छन् । म तपाईहरुलाई यो भन्न चाहन्छु कि, ब्राजिलले ओलम्पिक गेम पहिले जित्यो । पेले पहिलोपल्ट १७ वर्षको उमेरमा ओलम्पिक गेममा सहभागी भए ।
पेलेको हाइट अरुको भन्दा धेरै छोटो थियाे । तर त्यही पटक जितेको ओलम्पिकले ब्राजिलमय भयो । र विश्व पेलेमय भयो । एकैचोटि ब्राजिललाई चिनायो । आफू र फुटबल कतिको घनिष्ट हुनुपर्छ भनेर उनले प्रमाणित गरेका गरेका थिए ।
पेलेको उमेर १७ वर्ष, उनी त्यही अनुसारको हाइटमा थिए । पेले पछि बढे । ब्राजिललाई विश्वकप जिताउँदासम्म पेले सानै थिए ।
त्यो सानै मान्छे बढी चम्क्यो । त्यो सानैका अगाडि अरु कुद्दा अरु हैरान हुन्थे । त्यसकारण हाइट मात्रै सब कुरा हो भन्ने होइन । हाइट भन्दा गेम माथिको कमाण्ड मुख्य कुरा हो । कमाण्ड कस्तो छ, त्यस्ले हाइटकाे मेकप गर्छ ।
तपाईहरु बिजयी हुन सक्नुहुन्छ हामी सार्क खेलको आयोजना आयोजना गर्न तयार छौँ । आर यु रेडी टु विन सार्क ? मैले सोधिरहेको छु खेल्न तयार हुनुहुन्छ कि होइन ? आर यु रेडी टु विन ? यदि तपाईहरु जित्न चाहनुहुन्छ भने यु ह्याभ टु विन द सार्क देन वि आर रेडी टु अर्गनाइजेशन सार्क ।
विच इज आर यु कन्फिडेन द्याट यु क्यान कोच योर टीम एन्ड द्याट वे । यदि सक्नु हुन्छ भने हामी अर्गनाइज गर्न सक्छौँ । तर पहिलो कुरा तपाइहरुमा मनोबल हुनुपर्यो । त्यही अनुसारको ट्रेनिङ हुनुपर्यो । हामी कहिले जित्ने छौँ भनेर हाेइन, आजै जित्ने छौँ भनेर खेल्नुपर्यो ।” – कृष्ण कन्दङ्वा लिम्बू / न्यु’ज 24 नेपा’लबाट ।