शुक्रबार १७ चैत्र २०७९

काठमाडौं / नेकपा (माओवादी केन्द्र) का पूर्वनेता टोपबहादुर रायमाझीले माओवादी केन्द्र नेपालको संविधान, नेपालको का’नून र राजनीतिक दलसम्बन्धी ऐ’नअनुसार चल्न नसकेको आ’रोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा उनले राजनीतिक दलसम्बन्धी ऐ’नमा प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि माओवादी केन्द्रले आफ्नो अद्यावधिक गर्न नसकेको त’र्क गरे ।

उनले आफैले बनाएको संविधानलाई माओवादी केन्द्रले नमानेर अ’राजकता सिर्जना गर्न खोजेको धारणा पनि राखे ।

रायमाझीले सङ्घीय सांसद, प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि, जनताबाट प्रत्यक्ष चुनिएका वैधानिक जनप्रतिनिधिलाई अवैधा’निक पार्टीले का’रबाही गरेको समेत जि’किर गरे ।

उनले देशमा राजनीतिक पार्टीहरूमा अरा’जकता, अस्व’स्थ प्रति’स्पर्धा र द्व:न्द्व चलेको भन्दै पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने धारणा राखे । उनले माओवादी अब सि’द्धिने भन्दै त्यस्ता पार्टीको पछि लागेर कुनै अर्थ नहुने बताए ।

उनले माओवादीले यसअघि पनि महाधिवेशनमा खल्तीबाट नाम निकालेर आफ्ना मान्छेलाई मात्र नेतृत्वमा ल्याउने काम गरेको आ’रोप पनि लगाए ।

२८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया