शनिबार १८ मंसिर २०७८

एजेन्सी / राष्ट्रपति जोभेनल मोइजको ह’त्यापछि सङ्क’टबाट प्रभावित क्यारिबियन राष्ट्र हैटीमा अस्थि’रता मौलाउने ख’तरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्र संघ र संयुक्त राज्य अमेरिकालाई आफ्नो बन्दरगाह, एयरपोर्ट र अन्य रणनीतिक स्थलहरू सुरक्षित राखिदिन आग्रह गरेको हैटीका एक उच्च अधिकारीले बताएका छन् ।

हैटीका राष्ट्रपति मोइजलाई गत बुधबार गो’ली हा’नी ह’त्या गरिएको थियो । मोइसलाई उहाँको घरमा गो’ली हानी ह’त्या गरिएको दुई दिन पछि संयुक्त राज्यले एफबीआई र अन्य एजेन्टहरू पोर्ट–ओ–प्रिन्स पठाउने कुरा गरिसकेको छ ।

निर्वाचन मन्त्री म्याथियस पियरेले एएफपीसँग भन्नुभयो, “हैटीका राष्ट्रपति मोइजको ह’त्याकाण्डपछि से’नाले अ’राजकता पैदा गर्नका लागि केही पूर्वाधार न’ष्ट गर्न सक्छ भन्ने लागेको छ ।

अमेरिकी विदेश सचिव र संयुक्त राष्ट्र संघीय अधिकारीबीचको वार्तापछि हामीले हैटी सरकारलाई आवश्यक सहयोग गर्ने अनुरोध गरेका हौं ।”

अमेरिकी विदेश विभाग र पेन्टागन दुवैले ‘सुरक्षा र अनुसन्धान सहयोग’ को लागि अनुरोध प्राप्त भएको पुष्टि गरेका छन् तर शान्ति सेना खटाउने भनेर प्रष्ट सूचना भने दिएका छैनन् । यद्यपि अधिकारीहरू पोर्ट–ओ–प्रि’न्सको सम्पर्कमा रहेको उनीहरूले बताए ।

संयुक्त राष्ट्र संघले यसबारे प्रतिक्रियाको लागि अनुरोधप्रति तत्काल स्पष्ट प्रतिक्रिया दिन अस्वी’कार गरेको छ । संयुक्त राष्ट्रसंघका कूटनीतिक स्रोतले सुरक्षा परिषद्को प्रस्तावलाई हैटीवासीहरूले भनेको जस्तै गर्न आवश्यक भएको सङ्केत गरेको थियो ।

वाशिङ्टनले हैटीको अनुसन्धानमा मद्दत गर्ने आफ्नो इच्छाप्रति सङ्केत गरिसकेको छ र व्हाइट हाउसका प्रवक्ता जेन सासाकीले वरिष्ठ एफबीआई र अन्य अधिकारीहरू सकेसम्म चाँडो क्यारेबियन मुलुक हैटीतर्फ लाग्ने शुक्रबार बताउनुभएको छ ।

क्रु’र ह’त्याको योजना कसले बनाए होला भनेर प्रश्नहरू उब्जिएको छ । ह’त्यामा सक्लग्न रहेको आरोपमा कोलम्बियाली तथा अमेरिकी केही व्यक्तिहरूलाई हि’रासतमा लिइएको छ वा का’रबाहीमा मा’रियो भन्ने सार्वजनिक गरिएको छैन ।

ह’त्यापछि केही अमेरिकी तथा कोलम्बियाली सदस्यलाई सु’रक्षा नि’यन्त्रणमा लिइएको सूचना हैटीका सञ्चारमाध्यमहरूले बाहिर ल्याएका थिए ।

अनि’श्चितताको बीचमा तीन व्यक्तिलाई ११ करोड जनसङ्ख्या भएको देश हैटीको सम्भावित नेताको रूपमा खडा गरिएको छ । त्यहाँ कुनै संसद छैन ।

राष्ट्रपतिको ह’त्यापछि सु’नसान राजधानीमा षड्यन्त्रको अ’नसमानबीच सडक तथा पसलहरूमा चहलपहल बढेको छ भने सार्वजनिक यातायात पुनः सुरु भएको छ ।

अ’स्थिरताको सङ्केतहरू देखिँदा नागरिकहरू सुपरमार्केटमा आधारभूत आवश्यकताका सामान खरीद गर्न र भण्डारण गर्न खाना पकाउन ग्यास किन्न लामवद्ध हुन थालेका छन् ।

भोलि के हुन्छ हामीलाई थाहा छैन । दुर्दिनको अनुमानबीच नागरिकहरूले आफ्नो छाक टा’र्ने तयारी गरिरहेका छन्, एक स्थानीयले पोर्ट–ओ–प्रिन्समा सामान किन्दै गर्दा प्रतिक्रिया दिए ।

विगतमा फ्रान्सको अधिनस्थ यो कोलोनीमा विभिन्न समूहहरूबीच शुक्रबार पनि झ’डपहरू भएका थिए । यसका कारण राजमार्गहरूसमेत प्रभावित बनेका थिए ।

यस ह’त्याको दिन बित्दै जाँदा अफ्रिकाको सबभन्दा गरीब देशका धेरै मानिसहरूले न्या’यको मा’ग गरिरहेका छन् ।

राजधानीका बासिन्दाले एएफपीलाई भने, “विदेशीहरू यो अपराध गर्नका लागि देशमा आएका थिए । हामी हैटीबासी यसबाट विचलित भएका छौ । घट’नाको पछाडि कसको हात छ हामी यो जान्न चाहन्छौँ ।”

प्र’हरीले २८ जना कोलम्वियाली तथा अमेरिकी समूहले आ’क्रमण गरेको तर यसको मुख्य योजनाकारको खोजी भइरहेको प्र’हरीले जनाएको छ । छानवीनका लागि मोइजको सु’रक्षार्थ खटाइएका सुरक्षा टोलीलाई अदा’लतमा उपस्थित हुन भनिएको छ ।

हैटीका राष्ट्रपति मोइजको उहाँकै सु’रक्षा सहयोगीद्वारा ह’त्या भएको हैटीका पूर्व सांसदले यहाँको म्याजिक–नाइन रेडियोसँगको कुराकानीमा बताउनुभएको छ । उहाँले ह’त्यारा विदेशी नभएको दा’वी पनि गर्नुभयो ।

यो पनि प’ढ्नुहोस् :-

अमेरिकाले हाइटीलाई सै’निक सहयोग अ’स्वीकार गर्‍यो

एजेन्सी / अमेरिकाले हाइटीलाई सै’न्य सहयोग गर्न अस्वीकार गरेको छ । हाइटीका राष्ट्रपति जोभनेल मोइजको ह’त्यापछि, हाइटी प्रशासनले यसको महत्वपूर्ण पूर्वाधार जोगाउन संयुक्त राज्य अमेरिकाबाट सैनिक सहायता मागेको थियो ।

यसको उत्तरमा अमेरिकाले हाइटी प्रशासनलाई ह’त्याको अनु’सन्धानमा सहयोग पुर्‍याउने तर सै’न्य सहायता भने नग’र्ने जनाएको छ।

शुक्रबार हाइटी पुलिसले मोइजलाई विदेशी आ’क्रमणकारीहरूको टोलीले मा’रेको थियो जसमा पूर्व कोलम्बियाका सै’निकहरू थिए। पुलि’स प्रमुख लियोन चार्ल्सले टोलीमा २६ कोलम्बियाली र दुई अमेरिकी आक्रमणकारी रहेको बताए ।

आठ सं’दिग्ध अझै फ’रार छन् । दुई अमेरिकी सहित १७ जना प’क्राउ परेका छन् । बाँकी रहेका संदि’ग्धहरुलाई पुलिसले राजधानी पोर्ट ओ प्रिन्समा भएको एक भि’डन्तमा मा’रिदिएका छन् ।

कोलम्बियाको सरकारले क’थित टोलीका कम्तिमा छ सदस्यहरु आफ्नो से’नाका रिटायर्ड सै’निकहरु हुनसक्ने बताए । अमेरिकी विदेश विभागले आफ्नो कुनै पनि नागरिकको प’क्राउको पु’ष्टि गरेको छैन ।

बुधवार बिहान केही ब’न्दुकधारीहरूले राष्ट्रपति मोइजको निवासस्थानमा छिरेर गो’ली हा’नी ह’त्या गरेको थयो ।

२५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया