आइतबार ०७ आश्विन २०८०

काठमाडौ / नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अब केही दिनमै एमाले भित्र देखिएको विवाद समाधान हुने बताएका छन् । उनी माधव कुमार नेपाल पक्षका नेता हुन् ।

विवाद समाधानका लागि गठन गरिएको कार्यदलको सदस्य समेत रहेका उनले विवाद केही दिनमै समाधान हुने बताएका छन् । लामो समय सम्म विवाद कायम रहेका कारण कार्यकर्ता र तल्लो तहका नेताहरुमा पनि नि’राशा छाएको बेलामा फेरी नेताहरुबीच वार्ता सुरु भएको हो ।

उनले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने जिम्मा आफुहरुले नलिएको बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कार्यशैलीका कारण आफुहरु रु ष्ट भएको उनको भनाई छ । आफुहरु एजेण्डामा छलफल गरिरहेको र छिटै नै विवाद समाधान हुने पनि विश्वास ब्यक्त गरे । शिला पत्रको भिडियो सम्बादमा कुरा राख्दै उनले यस्तो बताएका हुन् ।

सहमति हुन्छ भन्ने विश्वास र वातावरण भएका कारण आफुहरु वार्तामा बसेको उनको भनाई छ । केपी ओली माधव नेपालसंग मिल्नै नचाहने भनेर गरिएको चर्चा गलत भएको उनको भनाई छ । मिडियाले अन्दाजमा यस्ता कुरा लेखेका हुन्, उनले भने यस्तो होइन । अन्तरविरोधलाई पार्टी भित्र ल्याएर समाधान गर्ने कुरामा कार्यदल भित्र छलफल भइरहेको उनले बताए ।

उनले अदालतमा दिएको हस्ताक्षर फिर्ता नहुने र त्यो फिर्ता लिँदा पनि त्यसले राजनीतिमा कुनै प्रभाव नपार्ने बताए । पार्टी एक भएपछि अलग अलग ढंगले नहिड्ने भएकाले त्यसको कुनै अर्थ नलाग्ने उनको भनाई छ । पार्टी एक भएको बेलामा विपक्षीसंगको गठबन्धन तो डि ने बताए ।

देउवालाई प्रधानमन्त्री बनाउने भन्ने कुरा हुँदैन । कुनै प्रशंगमा एक भएको भए पनि राजनीतिक रुपमा त्यस्तो नहुने बताए । उनले त्यो पार्टी भित्रको अन्तरविरोधका कारण देउवाको पक्षमा उभिएको भएपनि पार्टी विवाद मिले पछि देउवालाई प्रधानमन्त्री बनाउने कुरामा नलाग्ने बताए । हे’र्नुहोस् भिडियो :-

७८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया