शनिबार ३० आश्विन २०७८

धनगढी (कैलाली) / अन्तरजातीय विवाह गरेर जंगलमा लु’क्न गएका एक जोडी बा’ध्य भएर युवकको घर फर्किए । तर, घर फर्कनेवित्तिकै शुक्रबार युवतीको आफन्तले युवतीलाई लिएर गएका छन् ।

कैलालीको भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावल घरबाट भा’गेर विवाह बन्धनमा बाँ’धिएका थिए ।

परिवारले स्विकार्न नसक्ने स्थिति देखिए पनि उनीहरु दुवै भा’गेर जंगलमा जिवन बिताइरहेका थिए, जुन दृश्य उनीहरुले भिडियो बनाएर सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

जंगलमै लु’केर बस्दा उनीहरुले भिडियोबाटै आफूहरुलाई परिवारले स्वीकार नगरेको र सहयोगका लागि सबैसँग अपेक्षा राखेका थिए । तर, उनीहरु शुक्रबार प्रकाशको घर फर्किए ।

घर फर्केको सूचना पाएसँगै युवतीको तर्फबाट करिब २५ जनाको समूह आएर मालतीलाई छुट्टाएर लगे । मालतीलाई जीपमा ज’बर्जस्ती च’ढाएर लगेको प्रकाशका एक आफन्तले बताए ।

उनका अनुसार ‘भा’गेर प्रेम विवाह गरेर युवतीलाई घरमा ल्याएको थियो, प्रकाशले । तर, घरमा बस्न नसकेपछि उनीहरु जंगलमै बसेका थिए । तर, शुक्रबार घर आएका थिए उनीहरु ।

तर, घर आउनेवित्तिकै मालतीलाई छुटाएर लगियो । हामीले बोल्न केही सकेनौँ ।’ दुवै जना एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको पनि उनले बताए ।

असार १७ गते युवतीका आफन्तले घरबाट ह’राएको भनि प्र’हरीमा दिएको नि’वेदनका अधारमा दुवैलाई खो’जी कार्य गरिएको थियो । भा’गेर अन्तरजातीय विवाह गरेका उनीहरु दुवैको उमेर २० वर्ष भन्दा कम रहेको छ ।

मालतीलाई परिवार प’क्षले घर लिएर गए पनि प्र’हरीले भने थप अनु’सन्धानका लागि दुवै प’क्षलाई बोलाएको छ । दुवै प’क्ष कार्यालयमा उपस्थित भए पछि थप कुरा बाहिर आउने प्रह’रीले जनाएको छ ।

३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया