
झापा / वन्यजन्तुको अवै’ध शि’कार गरेको आरो’पमा प्रह’रीले कचनकवल गाउँपालिका—३ बाट हरिणको छा’लासहित दुई जनालाई प’क्राउ गरेको छ ।
प’क्राउ पर्नेमा स्थानीयवासी ४० व’र्षीय लुखिराम हास्दा र २४ व’र्षीय समन टुडु रहेका छन् । प’क्राउ परेका दुबैसहित आठ जनाले सोमबार अभिमुक्तेश्वर सामुदायिक वनमा रहेको हरिण मा’रेर खा’एको प्रह’रीले जनाएको छ ।
हरिण मा’रेर घरमा छा’ला सुका’इरहेको ख’बर पाएपछि पथरिया प्र’हरी चौकीबाट ख’टिएको प्र’हरी टोलीले घट’नास्थलमा पुगेर हास्दा र टुडुलाई प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिनुभयो ।
सो घ’टनामा संलग्न अन्य व्यक्ति फ’रार रहेको र उनीहरुको खो’जतलास भइरहेकोे उहाँले बताउनुभयो । प’क्राउ परेका दुबै जनालाई डिभिजन वन कार्यालय झापामा बुझाइने प्र’हरीले जनाएको छ । प्र’हरीका अनुसार घट’नामा सं’लग्न अन्य ६ ज’नाको पनि खो’जी भैरहेको छ ।
झापाको जलथल र निचाझोडा जङ्गलमा हरिण, बँदेल लगायतका अन्य वन्यजन्तुहरुको समेत अ’वैध शि’कार हुने गरेको स्थानीयवासी बताउँछन् । वन्यजन्तुको मा’सु शहरका होटल र उच्च घरानाका व्यक्तिले महँगो मूल्यमा खरिद गर्ने भएकाले चो’री शि’कारीमा लागेकाहरु सक्रिय हुने गरेका छन् ।