सोमबार १३ चैत्र २०७९

बर्दिया/ एक १४ वर्षीय किशोरले बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिकालाई कर णी ग रेको घ’टना सार्वजनिक भएको छ। ती किशोरबाट भाँडाकुटी खेलिरहेका ८, ६ र ५/५ वर्षका नाबालिका कर णी भ एको पी डित पक्षले बताएको छ।

आरोपित किशोर बर्दियाकै बारबर्दिया नगरपालिकाबाट बाँसगढीमा आफन्तकहाँ पाहुना आएका थिए। उनले कसैलाई नभन्न ध म्की दिएपछि बालिकाहरूले घटना लुकाएका थिए। तर, घ’टनाबाट जोगिएकी एक बालिकाले अभिभावकलाई सबै कुरा बताएपछि वास्तविकता बाहिरिएको हो। उनीहरू फागुन ५ गते विद्यालयबाट फर्किएर खेलिरहेका थिए।

‘बालिकाहरू दिउँसो भाँडाकुटी खेल्दै थिए। पाहुना आएका किशोरले नजिकैको ट्रेलरबाट टालाटुली लगेर बालिकाको हात र खु ट्टा बाँ धे अनि पालैपालो क रणी ग रेछन्’, एक पी डितका बुवाले भने। पी डितहरूको स्वास्थ्य परीक्षण रिपोर्ट आइसकेको छैन।

पी डित पक्षले इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्। घटना मिलाउन खोजेर हो कि किन अनुसन्धानमा एकदम ढिलासुस्ती भएको पीडितको गुनासो छ। ‘निकृष्ट एवं जघन्य अ पराध भएको छ, पी’डकलाई कुनै पनि हालतमा कारबाही हुनुपर्छ’, एक अभिभावकले भने।

प्रहरीले आरोपित बालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ। प्रहरीले घटनालाई बालविज्ज्याईअन्तर्गत राखेर सूक्ष्म अनुसन्धान गरिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए। उनले भने, ‘घटना प्रमाणित भए पी डकले कुनै पनि हालतमा उन्मुक्ति पाउँदैनन्।’ अन्नपूर्ण पोष्टमा यो खबर छ ।

७०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया