सोमबार ०१ कार्तिक २०७८

रौतहट / रौतहटको मुख्य नाका गौर बैरगनिया मितेरी पुलमा भारतीय एसएसबीले एक नेपाली युवकलाई कु’टपिट गरेपछी सोमबार दिनभर नै त’नावग्रस्त बनेको छ ।

गौरबाट सीमापारी बैरगनिया जान लागेका गौर नगरपालिका ५ का गौतम दुलाललाई भारतीय एसएसबीले कु’टपिट गरेपछी स्थिती त’नावग्रस्त बनेको हो ।

को’रोना म’हामारीका कारण विगत डेढ वर्ष देखि बन्द रहेको गौर बैरगनिया मुख्य सडक बाढीका कारण विगत तीन दिनदेखि पैदल आवतजावत गर्न सूचारु भएपनि सोमबार बिहानै देखि भारतीय एसएसबीले बन्द गरेको स्थानीयहरुले बताएका छन् ।

को’रोनाकाल देखि नै गौर बैरगनिया नाका ठ’प्प रहे पनि सर्वसाधारणहरु चो’र बाटो भएर आवतजावत गर्ने गरेका थिए, तर वर्षा र बाढीका कारण छेउछाउमा पानी जमेपछि बाध्यताले मुख्य बाटो रोज्न भारतीय एसएसबीलाई दबाब दिएपछि तीन दिनअघि पैदल आवतजावत गर्न खुल्ला गरिएको थि’यो ।

सीमा क्षेत्रमा भारतीय क्षेत्रमा समेत एसएसबीले सोझै बाटो प्रयोग नगरी सर्वसाधारणहरुलाई तल्लो भागबाट आवतजावत गर्न लगाएका थिए । तर सोही क्रममा किनमेलका लागि भारत जान लागेका नेपाली युवकलाई भारतीय एसएसबीले कु’टपिट गरेको आ’रोप स्थानीयहरुको रहेको छ ।

एसएसबीको कु’टाईबाट घा’ईते भएका नेपाली युवकको गौर अस्प’तालमा उप’चार भईरहेको प्र’हरीले जनाएको छ ।

३४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया