सोमबार ०३ माघ २०७८

बर्दिया / बर्दियाको मधुवन नगरपालिका–३ भगरैयामा एक वृद्धको बाघको आ’क्रमणबाट मृ’त्यु भएको छ ।

जिल्ला प्र’हरी कार्यालयका अनुसार भगरैयाका ६७ वर्षीय चित्रबहादुर खत्रीको श’व स्थानीय सम्झना सामुदायिक वनमा भे’टिएको छ ।

घाँसपात र दाउरा गर्न सामुदायिक वनभित्र गएका ख’त्रीमाथि बाघले आ’क्रमण गरेको थियो । खत्रीको श’व आज दिउँसो ११ बजे फे’ला परेको भगरैयाका सश’स्त्र प्र’हरी निरीक्षक अस्मिन थापा मगरले बताउनुभयो ।

योसँगै चालू आर्थिक वर्षमा बर्दियामा बा’घको आ’क्रमणबाट १२ जनाको ज्या’न गएको बताइएको छ ।

४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया