
काठमाडौँ / देवयानी राणालाई नचिन्ने नेपाली सायदै होलान् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाकी छोरी हुनुका अलावा उनको परिचय राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा पृथक छ ।
देवयानी २० वर्ष अघि भएको दरबार काण्डसँग पनि जोडिएकी थिइन् । उनलाई विवाह गर्न नपाएर तत्कालीन युवराज दीपेन्द्र शाहले परिवारको ह’ ‘त्या गरी आफूले दे’हत्याग गरेको छा’नविन प्रतिवेदनमा उल्लेख छ । देवयानीको दीपेन्द्रसँग प्रेम सम्बन्ध रहेको चर्चा चलेको थियो ।
दरबार काण्डपछि देवयानी नेपाल बाहिर काम गर्न पुगिन् । संयुक्त राष्ट्र संघमा काम गरिन् । जेनेभामा स्विजरल्यान्ड वल्ड इकोनोमिक फोरममा काम गरिन् । उनले भारतको सिग्रोलीका पूर्वराजपरिवारका सदस्य ऐश्वर्य सिंहसँग विवाह गरिन् ।
यसै क्रममा बहुराष्ट्रिय कम्पनी कोका–कोलाले देवयानी राज्यलक्ष्मी राणालाई भारत तथा दक्षिणपश्चिम एशियाको लागि सार्वजनिक मामिला, सञ्चार र दिगोपना हेर्ने जिम्मेवारी प्रदान गरेको छ । उपाध्यक्षको रुपमा उनले उक्त जिम्मेवारी पूरा गर्ने बताइएको छ । राणा कोका–कोलाको नेतृत्व समूहमा यो क्षेत्रमा कम्पनीको उद्देश्य पूरा गर्न नयाँ नियुक्त गरिएकी हुन् ।
राणासँग २५ वर्ष लामो सरकारी र व्यावसायिक क्षेत्रमा कार्यानुभव छ । यसबाहेक उनी रणनैतिक व्यावसायिक वकालत, जो’खिम व्यवस्थापन, सञ्चार, व्यावसायिक सामाजिक उत्तरदायित्व र दिगोपनालगायतका क्षेत्रमा उनीसँग वर्षौँ लामो अनुभव छ ।
उनले ब्रान्ड कम्युनिकेसन इनिसिएटिभका रुपमा व्यवसायको वकालत गर्दै आएकी छिन् । यसबाट व्यवसाय क्षेत्रमा सकारात्मक नतिजा देखिएको छ । कोका–कोलाका भारत र दक्षिण पश्चिम एशिया हेर्ने अध्यक्ष संकत रेले उनको नियुक्तिबारे देवयानीलाई कम्पनीमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।
यसअघि राणा क्याटरपिलर इन्डियाको भारत, नेपाल र भुटान हेर्ने सार्वजनिक मामिला निर्देशक रहेकी थिइन् । क्याटरपिलर इन्डियासँग जोडिनुअघि उनी संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)मा समेत आबद्ध थिइन् । उनले लन्डन स्कुल अफ इकोनोमिक्स र त्रिभुवन विश्वविद्यालयबाट छुट्टाछुट्टै विषयमा स्नातकोत्तर गरेकी छिन् । – ईताजा ख’बरबाट ।