मंगलबार १६ आश्विन २०८०

ओखलढुङ्गा / ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाकी एक गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । सामान्य अवस्थामा सुत्केरी हुन नसकेर प्रसवको पी’डा बढेपछि खिजिदेम्बा–५ की २६ वर्षीया ल्हमु शेर्पालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो ।

छ्रत्तीस हप्ताको गर्भवती रहेकी शेर्पामा केही दिनअघि प्रसव पी’डा शुरु भएको थियो । सुत्केरी हुने क्रम नजिकिँदै गरेको र गर्भवतीमा मानसिक स’मस्यासमेत देखिएपछि परिवारले खिजिफलाँटे को’भिड अस्पतालमा ल्याएको थियो ।

गाउँपालिकास्तरमा उपचारका लागि पर्याप्त स्रोत, साधन नहुँदा थप उपचारका लागि काठमाडौँ पठाइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र गौतमले जानकारी दिए ।

सार्वजनिक सवारी नचलेको र गर्भवतीको अवस्था जटि’ल बन्दै गएकाले राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । शनिबार उद्धार गरी काठमाडौँ पठाइएको महिलाको अहिले काठमाडौँको थापाथली प्रसूति गृहमा उपचार भइरहेको छ । -रासस /File Photo

५९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया