शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / ध’र्मको मु’द्दा नै मुख्य हुने गरी राजनीतिक घ’टनाक्रम विकास हुँदै गएको छ । अबको राजनीतिक ध्रुवीकरण पनि यही मु’द्दाको आधारमा हुने संकेतहरु देखिएका छन् ।

२०७२ सालमा जारी संविधानमा हिन्दु राष्ट्र हटा’एर ध’र्मनीरपेक्ष उल्लेख गरेपछि एकथरी राजनीतिक शक्ति निकै अस’न्तुष्ट थिए । यो बाह्य श’क्तिको दबा’बमा थोप’रिएको भन्दै हिन्दु राष्ट्रका पक्षधरले सार्वजनिक रुपमा बोल्दै आएका थिए ।

हिन्दु राष्ट्रको मु’द्दा उठाएर कमल थापा नेतृत्वको राप्रपाले दोस्रो संविधानसभामा समानुपातिकतर्फ २५ सिट जितेको थियो । तर, थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालले संविधानसभाबाट संविधान जारी गर्दा फरक मतसहित समर्थन गरे । यसले उनको ‘हि’न्दुराष्ट्र’को मु’द्दा उठानमाथि नै प्रश्न उठ्यो । यद्यपि थापाले राजसंस्थासहितको हि’न्दुराष्ट्रको मु’द्दा उठाउँदै आएका छन् ।

संविधान जारी भएपछि नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको मु’द्दा जोडतोडले उठ्यो । काँग्रेसभित्र खुमबहादुर खड्काले यसको नेतृत्व नै लिए । तर, भ्रष्टाचारको मुद्दामा जे’ल बसेर फर्किएका खड्काले मु’द्दा उठाउँदा खासै प्रभावकारी हुन सकेन । उनको निध’नपछि यो मु’द्दालाई केन्द्रीय सदस्य शंकर भण्डारीले खुलेरै उठाउँदै आएका छन् ।

महामन्त्री डा.सशांक कोइरालाले ध’र्मको विषयमा विचार गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । यसबारे जनमतसंग्रहको विषय पनि उठाए । तर, उनी हि’न्दुराष्ट्रको पक्षमा खुलेका भने छैनन् । कोइराला परिवारकै डा. शेखर कोइरालाले पनि हि’न्दुराष्ट्रको मु’द्दाप्रति लचिलो धारणा व्यक्त गरेका थिए । पछिल्लो समय उनले धर्मबारे खासै बोल्न छाडेका छन् ।

काँग्रेसभित्र हि’न्दुराष्ट्रको मु’द्दा खुलेरै उठाउने प्रभावशाली नेतामा शंकर भण्डारी मात्र छन् । तर, पछिल्लो समय सभापति शेरबहादुर देउवाले हि’न्दुत्वको मु’द्दाप्रति लचिलो भएको संकेतहरु दिन थालेका छन् ।

उनकी पत्नी डा. आरजु देउवाले सामाजिक सञ्जालमा य’ज्ञ र पूजाहरुका तस्बिर र भिडियो राख्न थालेकी छिन् । देउवासहितको यस्तो तस्बिर राखेर उनले हिन्दुत्वको मु’द्दामा लचिलो बनेको सन्देश दिइरहेकी छिन् ।

राप्रपा हुँदै नेपाली काँग्रेसमा प्रवेश गरेको हि’न्दु राष्ट्रको मु’द्दा अहिले कम्युनिस्ट पार्टीमा पनि फैलिइरहेको छ । यसको संकेत सत्तारुढ नेकपा एमालेमा ध’र्मनीरपेक्षतामाथि बहस हुनुपर्ने भन्दै महेश बस्नेतले राखेको माग प्रस्तावबाट देखिन्छ । एमालेभित्र हि’न्दुत्वको मु’द्दाले स्थान बनाउँदै लगेको छ ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दुत्वलाई अँगिकार गर्दै गएको सन्देश दिइरहेका छन् । अयोध्यामा राम मन्दिर निर्माण देखि पशुपतिनाथमा जलहरी चढाउने सम्मको कदम आफैमा सन्देश हो ।

त्यसमाथि ओलीले आध्यात्मिक प्रवचन नै भाषणमार्फत् दिने गरेका छन् । ओली एकातर्फ ऋषिमुनी नेपालमा जन्मिएको र राम पनि नेपालमै जन्मिएको भन्छन् अर्कोतर्फ हि’न्दुत्वलाई जोडतोडका साथ उठाइरहेका छन् । यसलाई हि’न्दु राष्ट्रवादलाई ओलीले एजेन्डा बनाउन लागेको आँकलन पनि गरिरहेका छन् ।

जनता समाजवादी पार्टीभित्र पनि हि’न्दुराष्ट्रको मु’द्दाले बलियो ठाउँ बनाइसकेको छ । जसपाको महन्थ ठाकुर पक्षधरका नेताहरु गेरुवस्त्रमा देखिन थालेका छन् । महन्थ ठाकुर सार्वजनिक कार्यक्रममा गेरुवस्त्रमा देखिन्छन् । अनिल झा, राजकिशोर यादवलगायत नेताहरु पनि त्यस्तै सिका गर्न थालेका छन् । चन्दा चौधरीको श’क्तिपीठको दर्शनको तस्बिर सामाजिक सञ्जालमा आइरहन्छ ।

जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षधर भने ध’र्मनीरपेक्षकै प’क्षमा छ । उपेन्द्र यादवले धर्मबारे खुलेर बोलेका छैनन् । भट्टराईले भने ध’र्मनीरपेक्षता जोगाउनुपर्नेमा जोड दिदै आएका छन् ।

राजनीतिक दलभित्र फैलिइरहेको धर्मको मु’द्दाले अबको चुनावमा ठूलो असर पार्ने देखिन्छ । हि’न्दु राष्ट्र कि ध’र्मनीरपेक्ष भन्नेमा दलहरुभित्रै ध्रुवीकरण हुन थालेको छ । यसमा बाह्य शक्तिको पनि ठूलो चासो देखिदैछ ।

यतिबेला भारतमा भारतीय जनता पार्टी सत्तारुढ छ । हि’न्दुत्वलाई भाजपाले अंगिकार गरेको छ । नेपालमा पनि हि’न्दुत्वको एजेन्डाले महत्व पाओस् भन्ने उसको चाहना प्र’कट हुँदै गएको छ ।

अर्कोतर्फ, नेपालमा ध’र्मनीरपेक्षता संविधानमा राख्न पश्चिमाहरुले भूमिका खेलेको विषय उठ्दै आएको छ । यसलाई जोगाउन उनीहरुको भूमिका हुनसक्छ ।

ध’र्मको मु’द्दाले बाह्य शक्तिको भूमिका नेपालमा अझ बढ्न सक्ने देखिन्छ । त्यसै पनि आर्थिक र सुरक्षाको विषयमा भारत, चीन, अमेरिका र युरोपेली मुलुकहरुको चासो रहेकै छ । अब धर्मको मु’द्दा जोडिएकाले नेपालमा बाह्य शक्तिको सक्रियता बढ्न थालेको छ । -reporters nepal बा’ट ।

५०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया