
काठमाडौं / झापाको बि एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले कलेजको सम्बन्धन माग्दा चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड घु’स मागेको आ’रोप लगाएका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रसाईले गिरी आयोगका उपाध्यक्ष हुन समेत योग्य नभएको टिप्पणी गर्दै कलेजलाई सम्बन्धन माग्दा २० करोड घु’स मागेको बताएका हुन् ।
उनले भने, ‘गिरी का’नुन अनुसार आयोगका उपाध्यक्ष हुन पनि योग्य हुनुहुन्न, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरी यस बि एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि उहाँले मसँग २० करोड घु’स माग्नु भएको थियो, मैले का’नून बमोजिम अख्तियारमा उ’जुरी दर्ता गरेपछि उहाँ मप्रति पूर्वाग्राही हुनुहुन्छ ।’
प्रसाईले कलेजलाई सम्बन्धन दिने, सरकारले नै चलाउने वा बन्द गर्नेबारे छिटो निर्णय प्रधानमन्त्रीसँग आग्रह पनि गरे । उनले भने, ‘यस मेडिकल कलेजलाई सम्वन्धन दिन, वा सरकार आफैले संचालन गर्न वा सधैका लागि वन्द गर्ने विषयमा अविलम्व स्पष्ट र ठोस निर्णय लिनहुन नेपाल सरकार खासगरि सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष अनुरोध गर्दछौं ।’ – news 24 nepal बा’ट ।