
मुम्बई / यतिबेला टिकटकमा एउटा हिन्दी गीत अत्यन्त भाइरल छ ।भारतीय गायक बादशाह तथा गायिका आस्था गीलको स्वरको ‘पानी पानी…’ गीत अहिले यूट्युबको नेपाल ट्रेन्डिङमा समेत दोस्रो स्थानमा छ ।
तीन साताअघि यूट्यबुमार्फत सार्वजनिक भएको ३ मिनेट ११ सेकेण्ड लामो उक्त गीतले छोटो अवधिमै १७ करोड भन्दा बढी भ्यूज पाइसकेको छ ।
उक्त गीतलाई भाइरल बनाउने काम टिकटकले नै गरकेो हो भन्दा फरक पर्दैन । टिकटकमा लाखौं प्रयोगकर्ताले उक्त गीतमा टिकटक भिडियो बनाएर अपलोड गरिरहेका छन् ।
नेपालमा समेत सेलिब्रेटीदेखि लिएर सर्वसाधारणले समेत उक्त गीतको टिकटक बनाएर अपलोड गरिरहेका छन् । उक्त गीतको वास्तविक म्युजिक भिडियोमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले आकर्षक अभिनय तथा नृत्य गरेकी छिन् ।
भिडियोमा ज्याकलिनको आकर्षक लूक तथा स्टाइललाई सबैले खुलेर प्रशंसा गरेका छन् । उक्त गीतलाई राजस्थानको जेसलमेरस्थित उच्च तापक्रममा छायांकन गरिएको थियो ।
म्यूजिक सिंगल, गेन्दा फूलको सफलतापछि अभिनेत्री ज्याकलिनले पानी पानी गीतमा पनि संगीतकर्मी बादशाहसंग पुन: एकपटक सहकार्य गरेकी हुन् । यो गीत सार्वजनिक भए लगत्तै लोकप्रिय भयो ।
सार्वजनिक भएको केही दिनमै भातकै यूट्युब ट्रेन्डिङमा उक्लिएको उत्त: गीतको भिडियोसामाजिक सञ्जालमा यक्त गीतको लुकलाई रीक्रिएट गर्ने युवाहरुमा यसप्रति विशेष क्रेज रहेको छ ।
त्यहि कुरामा आभार व्यक्त गर्दै अभिनेत्री ज्याकलिनले पानी पानी गीतको प्रतिक्रिया अद्भुत रहेको बताएकी छिन् । उनले मानिसहरुले पोस्ट गरिरहेका सबै प्रतिक्रिया, कभर र डान्स भिडियो आफूलाई मन परेको बताएकी छिन् ।‘उनीहरुले यो गीलाई एउटा भिन्दै स्तरमा पुऱ्याइ दिएका छन्, उनको भनाइ छ ।
उनी भन्छिन्– ‘मैले पहिलो पटक जब यो गीत सुनेँ, त्यहि समयमा नै मैले यो गीत अति आकर्षक हुने र यसले निश्चित रुपले सबैको प्ले लिस्टमा स्थान बनाउँछ भन्ने मलाई लागेको थियो । बादशाह र म अब एउटा स्ट्रीकमा भएको मलाई लाग्छ, गेन्दा फूलपछि अहिले पानी पानी ।’
‘गीतको छायांकनको क्रममा उच्च तापक्रमका कारण सबैलाई गर्मीले सता’एको थियो तर गीतलाई उत्कृष्ट बनाउनु पर्छ भन्ने सोचले मैले र मेरो टीमले गर्मी र थकानको कुनै वास्ता नगरी लगातार काममा लागि रह्यौं, जसका कारण आज यो गीतले सफलताको शिखर चुमेको छ, उनले भनेकी छिन् ।
ज्याकलिनलाई यो गीतको भिडियोमा देवी जस्तो देखाइएको छ, जसमा उनको म्याग्नेटिक एनर्जी गीतको मुख्य आकर्षण बनेको छ । सारेगामासंगको सहकार्यमा संगीतकमी बादशाहले नै यसलाई संगीतबद्ध तथा रचना गरेका हुन् । – हे’र्नुहोस भिडियो :-