
काठमाडौ / क्यानाडा पठाइदिने नाममा करोडौं रुपैयाँ ठ’गी गर्ने एक युवा प’क्राउ परेका छन् । काभ्रेको पाँचखाल नगरपालिका ४,तामाघाट स्थायी घर भई हाल काठमाण्डौँको नयाँबानेश्वर बस्ने २१ वर्षीय प्रजिन अधिकारी स’मातिएका हुन् ।
अधिकारीले सर्लाहीको लालबन्दी नगरपालिका ७, रानीगञ्जकी ३० व’र्षीया यमुना बस्नेतलाई वर्किङ भिसामा क्यानाडा पठाई राम्रो कम्पनीमा काम लगाइदिने प्र’लोभन दिएका थिए । अधिकारीको प्र’लोभनमा परेर बस्नेतले १७ लाख रुपैयाँ दिएपछि उनी स’म्पर्कविहीन भए ।
आफू ठ’गिएको भन्दै बस्नेतले महानगरीय अ’पराध महाशाखामा बैशाख १३ गते दिएको जा’हेरीका आधारमा उनलाई काभ्रेको बनेपा २, दाहालगाउँबाट प’क्राउ गरिएको हो ।
साथै अधिकारीले अन्य व्यक्तिहरूलाई समेत वर्किङ भिसामा क्यानाडा लगायतका मुलुक पठाइदिने भन्दै प्र’लोभनमा पारेर १ करोड ५० लाख रुपैयाँभन्दा बढी ठ’गेको बुझिन आएको प्रह’रीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनलाई थप अनुस’न्धानको निम्ति महानगरीय प्र’हरी परिसर, काठमाडौँ पठाइएको छ । अरु कोही अधिकारीबाट ठ’गिएको भए महाशाखामा सम्पर्क गर्न समेत प्र’हरीले अनुरोध गरेको छ । – इताजा ख’बरबाट