आइतबार १७ मंसिर २०८०

काठमाडौ / विरामी लिएर अस्पताल जाँदै गरेको एम्बुलेन्स बाढीले पुरीदा बिरामीको मृ’त्यु भएको भने चालक घा’इते भएका छन् ।

कास्कीको पसगाउँ स्वास्थ्य चौकीको एम्बुलेन्स बाढीमा पुरिएको हो । बाढीमा ग १ झ ४४८ नम्बरको एम्बुलेन्स पुरिँदा त्यसमा रहेका बिरामीको मृ’त्यु भएको छ भने चालक घा’इते भएका छन् ।

मादी गाउँपालिका वडा नं. ९ मुग्रीबेशीबाट बिरामी लिएर थुम्सीकोट आउने क्रममा खहरे खोलामा ए’क्कासि बाढी आएर एम्बुलेन्स पुरिएको हो । एम्बुलेन्स पुरिँदा बिरामी ८१ वर्षकी गोमा अधिकारीको मृ’त्यु भएको छ । माथिबाट बाढी आएपछि भा’ग्ने क्रममा एम्बुलेन्स चालक सुवास
अधिकारीलाई बगाएको थियो ।

उनलाई स्थानिय बासिन्दाले उ’द्धार गरेर अस्पताल लगेका थि’ए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । स्थानीय बासिन्दाका अनुसार जेसिवीको सहायताले बाढीबाट एम्बुलेन्स निकालिएको र पोखरा ल्याउने तयारी भइरहेको छ । एम्बुलेन्सका सहचालक भने सकुशल छन् । – तस्वीर :- news24 nepal .

८४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया