सोमबार १५ जेठ २०८०

काठमाडौ/ प्रतिनिधिसभा पुनस्थापनापछिको राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नेकपा उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष पुष्पकाल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।

बिहीबार बिहान खुमलटारमा गौतमले प्रचण्डलाई भेटेका हुन् । भेटमा नयाँ सत्ता समीकरणका बारेमा कुराकानी भएको थियो । गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्नुपर्ने प्रस्ताव गरेका थिए ।

बामदेवको प्रस्तावमा प्रचण्ड सकारात्मक रहेको उनी निकट नेताले बताएका छन् । प्रचण्ड र गौतमबीच करिब करिब एक घण्टा कुराकानी भएको थियो ।

गौतमले नेकपालाई एकताबद्ध बनाउन पनि आग्रह गरेका थिए । नेकपा दुई समूहमा विभाजन हुँदा गौतम तटस्थ बसेका थिए । उनले पार्टी एकता अभियान सञ्चालन गरिरहेका छन् ।

१२५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया