
काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अन्तिम क्षणमा अचुक राजनीतिक अ’स्त्र हा’नेर विप’क्षीलाई हा’यलकायल पार्न खप्पिस छन् । उनले २०७७ सालभर त्यस्तै अ’स्त्र हा’नेर कहिले पुष्पकमल दाहाल प्रचण्ड, कहिले माधवकुमार नेपाल त कहिले शेरबहादुर देउवालाई अप्ठ्यारोमा पारिदिए ।
पछिल्लो समय ओलीविरुद्ध एकजुट भएका प्रचण्ड, नेपाल र देउवाका अलावा उपेन्द्र यादवसमेतलाई ओलीले अप्ठ्यारो पारिदिएका छन् । ओलीले विगतमा चुच्चो नक्शा ल्याएर विरो’धीलाई समेत संसदमा मतदान गर्न वाध्य बनाइदिएका थिए । यसपटक पनि उनले त्यस्तै कुनै राजनीतिक अ’स्त्र हा’न्ने संकेत गरेका छन् ।
विशेषगरी नेकपा एमालेभित्र उनले नयाँ चाल चलिरहेका छन् । विगतमा प्रचण्डसँग पार्टी एकता गरेर उनकै समूहलाई विभाजित बनाउन लागिपरे । प्रचण्डको कोटाबाट मन्त्री भएका रामबहादुर थापा बादल र लेखराज भट्टलाई मन्त्री हुँदै आफ्नो पक्षमा ल्याए । विस्तारै पूर्वमाओवादीका अन्यलाई पनि साथ लिदै गए ।
नेकपा विभाजन हुँदासम्म टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरीलगायतलाई ओलीले आफ्नो पक्षमा पारिसकेका थिए । उनीहरुलाई मन्त्री बनाएर सत्ता त टिकाए तर पदमुक्त हुनबाट ब’चाउन सकेनन् । ओलीले नवौं महाधिवेशनको कमिटी ब्युँ’ताए । त्यसमा ४ जना पूर्वमाओवादीलाई समेत सहभागी गराएका छन् ।
ओलीले जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई पनि साथमा ल्याए । ११ जनालाई मन्त्री बनाए । जति सिट उति मन्त्री बनाएको विषय उठेको थियो । तर, अदालतको आदेशले सबैको मन्त्री पद गयो । त्यतिबेला बादलकी पत्नी नैनकला थापा र उनीनिकट ज्वालाकुमारी साह पनि मन्त्री बनाइए । तर, दुवैको पद गयो ।
अहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई अप्ठ्यारोमा पार्ने गरी ओलीले नयाँ अस्त्र फालेका छन् । अब उनले नेपालको पुरानो माग सम्बोधन गरेको जस्तो गरी केही महत्वपूर्ण कदमहरु चालेका छन् ।
२ जेठ २०७५ को अवस्थामा एमाले कमिटिलाई फर्काउनुपर्ने नेपालको स’र्त थियो । त्यसलाई सम्बोधन गरेर स्थायी कमिटीमा नेपालका पनि दुईजनालाइ थपेका छन् । उनले एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँति’एको छ ।
ओलीले नवौं महाधिवेशनको कमिटी ब्युँ’ताउनुमा दुईवटा मुख्य कारण छन् । सर्वोच्च अदालतले पछिल्ला कमिटीले गरेका निर्णय मान्य नहुने अन्तरिम आ’देश जारी गरेको छ । कर्णालीका एमाले सांसदहरुको पुर्नबहाली भएको छ । यसबाट एमालेको हालको स्थायी कमिटी देखि महाधिवेशन आयोजक कमिटीको निर्णयको वैध’तामाथि नै प्रश्न उठेको छ ।
नवौं महाधिवेशनको निर्वाचित कमिटीको निर्णयले मात्र मान्यता पाउने अदालतको आशय देखिन्छ । त्यसकारण पनि ओलीका लागि २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटीलाई ब्युँता’उनुपर्ने वाध्य’ता थियो ।
अर्कोतर्फ, माधव नेपाल खेमाको ठूलो पंक्ति सहमति निकाल्न सक्रिय छ । २ जेठ २०७५ को अवस्थामा एमाले फर्किएकाले पदाधिकारीहरु फेरि रहन्छन् । त्यसले माधव नेपाल अप्ठ्यारोमा परेका छन् ।
उनलाई समूहभित्रैबाट एमाले एकता कायमै राख्न दबाब बढेको छ । नेपाल समूहमा फुट ल्याउन ओलीले यो रण’नीति चाले । त्यसमा उनी सफल देखिन थालेका छन ।
नेपाल समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, योगेश भट्टराई लगायत नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँ’तिएमा मिलेर जानुपर्ने प’क्षमा थिए । उनीहरुको मा’ग पूरा भएको छ ।
ओलीले नेपाल समूहलाई अप्ठ्या’रोमा पार्न पनि एकपछि अर्को कदम चालिरहेका छन् । माधव नेपाल र भीम रावलबाट पाण्डे, भुसाल, बिष्ट, भट्टराईलगायतलाई अलग्याएर कम’जोर हालतमा एमालेमा स्थान दिने रण’नीति देखिएको छ । – reporters nepal बा’ट ।