
काठमाडौं / अमेरिकाले नेपाली सेनालाई रेस्क्यू बोट दिएको छ । केही दिन अघि छाउनीस्थित जंगी असवाव खानामा आयोजित एक कार्यक्रममा अमेरिकाले नेपाली सेनालाई चार वटा रेस्क्यू बोट हस्तान्तरण गरेको हो ।
नेपाली सेनाको विपद् निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई अमेरिकी राजदूतावासका सैनिक अधिकारी मिचेल पी वाइटले हस्तान्तरण गरेका हुन् ।
उक्त बोट बाढी, डुबान जस्ता जलउत्पन्न विपद्को समयमा उद्धार र राहतमा उपयोगी हुने नेपाली सेनाको विश्वास छ ।
हाल देशका विभिन्न स्थानहरूमा बढिरहेको बाढी पहिरोको प्रकोप र उद्दारमा भएको कठिनाइलाई मध्यनजर गर्दै उक्त सहयोग गरिएको वाइटले बताए ।