मंगलबार ०९ आश्विन २०८०

उखानै छ– चिन्ताले चि’तामा पुर्‍याउँछ । यद्यपि, चिन्ता आफैँमा रोग होइन । तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घा’तक मानिन्छ ।

जीवनमा चिन्ता र समस्या नहुने मान्छे कोही पनि हुँदैन तर त्यसलाई आफूले कुन रुपमा लिने भन्ने कुरा नै मुख्य कुरा हो । समस्याहरूको व्यवस्थापन गर्ने र सकेसम्म चिन्ता लिने भन्दा पनि त्यसलाई वास्ता नै नगरी समस्याको समाधान गर्नु उपयुक्त हुन्छ । सधैं चिन्ता लिई रहने मानिसलाई निम्न किसिमका असरहरू देखिने गर्दछन् ।

१) डि’प्रेसन निम्त्याउँछ :

चिन्ता र तनाव कम गर्न अथवा व्यवस्थापन गर्न सकिएन भने यसले डि’प्रेसन र साथै अन्य कडा खालका मानसिक रोग निम्त्याउँछ ।

२) रोग लगाउँछ :

चिन्ता र तनाव लिने व्यक्तिमा उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने जोखिम बढी रहेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

३) यौ’नजीवन बिगार्छ :

तनाव र चिन्ताका कारण शरीरभित्र उत्पन्न हुने रसायनले यौ’न उत्तेजना जगाउने रसायनलाई निस्तेज गरिदिन्छ, जसले गर्दा व्यक्ति यौ’नप्रति कम इच्छुक हुँदै जान्छ । चिन्ता लिने व्यक्तिको शरीरमा से’क्स हार्मोन टे’स्टोस्टेरोनको मात्रा कम हुन्छ ।

४) कपाल झर्छ :

चिन्ता लिँदा शरीरमा कोर्टिसोल नाम गरेको हार्मोन उत्सर्जन हुन्छ, जसले कपालका जरालाई कमजोर गरिदिन्छ र कपाल झर्न थाल्छ ।

५) दाँत बिगार्छ :

चिन्ता बढी लिने व्यक्तिमा दाँत खिइने, गिजामा समस्या उत्पन्न हुने देखिएको छ ।

६) मु’टु कमजोर बनाउँछ :

चि’न्ता लिँदा मुटुका मांसपेशी कमजोर हुन्छन् । स्टे«ेस हार्मोनले मुटुको धड्कन बढाउने र नसा संकुचित गरेर र’क्तसञ्चारमा बा’धा उत्पन्न गराउँछ । यस्ता व्यक्तिलाई हृ’दयाघात हुने जो’खिम बढी हुन्छ ।

७) बूढो बनाउँछ :

सधै चिन्तामा रहने व्यक्तिको शरीरमा नयाँ कोषिकाको विकास ढिलो हुन्छ, जसले गर्दा व्यक्ति चाँडै बूढो देखिन्छ । छालामा चाउरी पर्ने, मांसपेशी कमजोर हुने, आँखा कमजोर हुनेजस्ता बुढ्यौलीका संकेत चाँडै देखा पर्छन् ।

८) रो’गप्रतिरोधी क्षमता घटाउँछ :

चिन्ता लिइरहने व्यक्तिको शरीरमा रो’गप्रतिरोधी क्षमता घट्न जान्छ, जसले गर्दा त्यस्ता व्यक्तिलाई रुघाखोकी, ज्वरोजस्ता रोग लागिरहन्छन् ।

९) जिनमा असर गर्छ :

चिन्ता लिनाले मानिसको जिनमै बदलाव आउँछ । शरीरमा कति बोसो लाग्ने, रो’गप्रतिरोधी क्षमता कस्तो हुने, बुढ्यौली कहिले सुरु हुने, क्यान्सर लाग्ने कि नलाग्ने भन्ने कुरा जिनले धेरै हदसम्म निर्धारण गर्ने गर्छ । चिन्ता लिने व्यक्तिको जिन यी स्वास्थ्य समस्या निम्त्याउने किसिमले ‘मोडिफाइड’ हुँदै जान्छ ।

१०) दिमागमा असर गर्छ :

चिन्ताले दिमागमा रहने हिप्पोक्यामस भन्ने भाग ‘ड्यामेज’ गरिदिन्छ। परिणामतः व्यक्तिको स्मरण श’क्ति घट्छ ।

११) शरीरमा विकार बढाउँछ :

चिन्ता लिँदा बोसो र चिनीयुक्त खानाप्रति आसक्ति बढ्न जान्छ, जसले शरीरमा विकार निरन्तर सञ्चय गर्दै लान्छ र शरीर विभिन्न रोगको घर बन्न पुग्छ ।

१२) जीउ दु’ख्छ :

चिन्ता र तनाव लिइरहने व्यक्तिको हड्डीमा खनिजकोे मात्रा घट्न जान्छ । निरन्तर चिन्ता लिने व्यक्ति जीउ दुख्ने समस्याबाट आ’क्रान्त हुँदै जान्छ ।

त्यसैले आफू र आफ्नो परिवार अनि आफन्त र समाजलाई नै चिन्तामुक्त बनाउनमा सबैजना लाग्नु जरुरी छ । स्वस्थ र सबल समाजबाट नै व्यक्तिगत र सामूहिक उन्नति हुनमा सहयोग पुग्दछ । हरेक परिस्थितिलाई सकारात्मक रूपमा लिऔं , चिन्तामुक्त समाजको निर्माण गरौँ । – स्वास्थ्य खबर पत्रिकाबा’ट ।

९७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया