
काठमाडौं / ट्राफिक प्रह’रीले यात्रुसँग बढी भाडा लिएको आरो’पमा ८
जनालाई प’क्राउ गरेको छ । यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिएको भन्दै आठ जनालाई प’क्राउ गरेको महानगरीय ट्राफिक प्र’हरी महाशाखाका प्रमुख प्र’हरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
उनका अनुसार महाशाखाले यात्रुहरू ठ’गिन सक्ने भन्दै विभिन्न स्थानमा विशेष टोली ख’टाएको थियो । उक्त टोलीले काठमाडौंबाहिर जाने यात्रुसँग तोकिएभन्दा तेब्बर बढी भाडा लिएर ठ’गी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट प’क्राउ गरिएको हो ।
प’क्राउ पर्नेमा दाङका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहा मगर, रूपन्देहीका ३६ वर्षीय दिपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल छन् ।
त्यस्तै, काठमाडौंबाट उदयपुरसम्म जाने यात्रु प्रत्येकबाट ३ हजार रुपैयाँ भाडा लिएको आरो’पमा कोटेश्वरबाट एक जनालाई प’क्राउ गरेको हो । ट्राफिक प्रह’रीका अनुसार उदयपुरका बा १६ च २१८४ नम्बरको प्राइभेट गाडी चलाउने २९ वर्षीय राकेश रसाइलीलाई प’क्राउ गरेको हो ।
चाबहिलबाट सोलुखुम्बु जाने यात्रुसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा असु’ल गरेको आ’रोपमा २५ वर्षीय झनकबहादुर घिमिरेलाई पनि प’क्राउ गरेको छ । उनले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएको आरो’पमा प्रह’रीले प’क्राउ गरेको हो ।
मंगलबारदेखि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्ष’मता भएका सवारी साधन चलाउन अनु’मति दिएको छ । तर लामो दूरीका सवारीलाई अनुमति दिएको छैन ।
यस्तै ट्राफिक प्रह’रीले भाडामा यात्रु ओ’सार्ने ४७ वटा नीजि सवारी साधनहरूलाई का’रवाही गरेको छ । विशेषगरी काठमाडौ उपत्यकाबाट बाहि’रिने ४७ वटा प्राइभेट नम्बरका गाडीलाई ट्राफिक प्रह’रीले नियन्त्र’णमा लिइ का’रबाही गरेको हो ।