
काठमाडौँ / स्थानीय बजारमा सुनको मूल्य ६ सय रुपैँयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोवार भइरहेको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ । यता आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले ओरालो लागेको छ ।
चाँदीको मूल्य आज प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।