आइतबार १२ चैत्र २०७९

काठमाडौं / असार १५ आउनेवित्तिकै खेत कुनै चलचित्रको सुटि’ङ भएजस्तो देखिन्छ । वास्तविक किसान पर्दा पछाडि, न’क्कली किसानहरु पर्दा अघि छाएर भाइरल हुन्छन् ।

यसभन्दा अघिका वर्षका असार १५ अर्थात् राष्ट्रिय धान दिवसका दिन मन्त्रीहरु नयाँ नयाँ उ’पद्रो मच्चा’एर चर्चामा छाए । कृषिमन्त्री हरिप्रसाद पराजुलीदेखि अहिलेसम्म आइपुग्दा पनि नयाँ घ’टनाले प्रवेश पाइरहेका छन् ।

अहिले नेपाल कोरो’नाको क’हरमा छ । उपत्यकाका तीनै जिल्ला ल’कडाउन तर, सार्वजनिक सवारीमा खुकु’लो गरिएको छ । तैपनि भी’डभाड गर्न म’नाहीँ छ । यहीँ कह’रका बेला एमाले नेता महेश बस्नेतसँग मंगलबार भक्तपुर पुगेर एमाले प्रवक्ता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली धान रोप्न पुगे ।

तर, राष्ट्रिय धान दिवसका दिन ना’टकजस्तै देखियो दृश्य केहीबेरमा मञ्चमा रुपान्तरण भयो । मञ्चमा उक्लि’एका उनले धानको उत्पादनभन्दा बेसी केपी शर्मा ओलीको गु’णगान गाए ।

ओली सरकारले नयाँ युगको सुरुवात गरेको भन्दा कार्यकर्ताले ताली बेस्सरी पि’टेका थिए । उनीसँगै बाउसे बनेका महेश बस्नेतले पनि थुप्रै कुरा भने । यसरी नै यसवर्षको राष्ट्रिय धान दिवसमा कृषि मन्त्रीको सट्टा पूर्वमन्त्री ज्ञवाली पनि भाइरल बने ।

अब कुरा गरौँ, २०७२ सालको । त्यतिबेला तस्वीरमा छत्रे टोपी लगाउने कृषि मन्त्री हरिप्रसाद पराजुलीको । कृषि मन्त्री हुनेमा सबैभन्दा बढी चर्चामा छाउने पहिलो मन्त्री हुन् उनी । कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको त्यसबेलाको कार्यक्रममा मन्त्री पराजुलीले अ’श्लिल ह’र्कत देखाएका थिए ।

बिहान ११ बजे उ’द्घाटनका लागि बोलाए पनि मन्त्री पराजुली ३ बजे पुगे । त्यसपछि १५ मिनेट भाषण गरे । भाषणपछि मन्त्री हिलो खेतमा पसेर बाउसे बने ।

हिलो खेतमा पसेको केही बेरमै मन्त्री पराजुलीले उ’पद्रो गरिहाले । उनले रोपाइँमा रमाइलो गर्ने नाममा उनी कार्यक्रममा सहभागी महिलाहरूलाई ज’बरजस्ती अं’गालो हा’ल्न पुगे । महिलाको सं’वेदनशिल अं’गमा जर्ब’जस्ती टा’उको र मु’ख पुर्याउन थाले ।

मन्त्रीलाई महि’लाहरुले गा’ली गर्नसम्म गरे तर, उच्च ओहोदामा बसेकालाई कस्ले छुन सक्ने ? चिनजानकै महिला भनिएकाले उनले उन्मु’क्ती पाए । तर, पछि त्यसै का’ण्डले उनको मन्त्री पद गु’म्यो । अहिलेसम्म उनी राजनीतिको मुलधारमा फर्कन सकेका छैनन् ।

त्यसको ठीक एक वर्षपछिको धान दिवस पनि झनै चर्चित बन्न पुग्यो । कृषि मन्त्री हरिबोल गजुरेलले हरिप्रसाद पराजुलीले हिलोमा मच्चाएको उप’द्रो देखेर होला उनी हिलो खेतबाट टाढै रहने प्रयत्न गरे । त्यसपछि उनले गमलामा धान रोपेरै त्यस वर्षको धान दिवस मनाए ।

अहिले पनि उनले गमलामा करुवाले पानी हाल्दै माटो हिल्याएर धान रोपेको यो दृष्यले नेपालको कृषि क्षेत्रमा कु’रीकुरी लागिरहेको छ ।

अहिलेको असार १५ मा भने को’रोनाका कारण १५ जना भन्दा धेरै मानिसहरु ज’मघट ब’न्द गरिए पनि पूर्वमन्त्रीसहित सयौँको संख्यामा खेतको हिलोमा रमाइलो गरेको दृश्य देखियो ।

मन्त्रीले प्रत्येक वर्ष नेपाल धानमा आत्मनिर्भर बन्छ भन्नु र बगेको खोला फर्केर नआउनु उहीँ देखिन्छ । त्यसो त कृषि उब्जाउने कृषकका सम’स्या एकातिर ज्यूँ’का त्यूँ छन् तर, मन्त्रीहरु भने नयाँ नयाँ उ’पद्रो गर्न पछि हट्दै’नन् ।

भारतबाट वर्षेनी ३० अर्बभन्दा माथिको चामल आयात हुन्छ । सरकारकै तथ्यांक अनुसार नेपालको रोपाई हुने जमिनमध्ये ६३ प्रतिशत खेत आकासे पानीको भरमा रोप्नुपर्छ ।

तर, मन्त्रीहरुद्वारा यहाँ गमला धान रोपेर, फोटो खिचेर धान दिवस मनाइन्छ । तर, खेतको हिलोमा धान उब्जाउने चे’ष्टा हुँदैन । जय, राष्ट्रिय दिवस ! – news 24 nepal बा’ट ।

४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया