शुक्रबार २२ मंसिर २०८०

काठमाडौ / नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुले कुनै व्यक्तिका वि’रुद्ध नभई व्यक्तिका प्रवृ’द्धिका विरु’द्ध लडि’रहेको स्पष्ट पारेका छन् । नेता नेपालले नाम नलिईकन प्रधानमन्त्री केपी शर्मा ओलीको प्र’वृत्ति वि’रुद्ध ल’डेको बताएका हुन् ।

आज (सोमबार) वि’पक्षी गठबन्धनले पेशागत संगठनका प्रतिनिधिहरुसँग संसद् भवनको ल्होत्से हलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

उनले आजमात्रै प्रधानमन्त्री ओलीले मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा आफूहरुको बारेमा गरेको टिप्प’णीप्रति चर्चा गरेका थिए । उनले ओलीको टिप्पणी सहि भए जनताको अदा’लतमा उ’भिन तयार रहेको स्पष्ट पारेका छन् ।

उनले प्रधानमन्त्री ओलीको भाषण रेकर्ड गरेर राख्न पनि भनेका छन् । केही दिनअघि नेता नेपालले आफूलाई प्रधानमन्त्री बन्नको लागि केपी ओलीले प्रस्ताव गरेको बताएका थिए । नेता नेपालको उक्त अभिव्यक्तिलाई लिएर प्रधानमन्त्रीले आ’लोचना मात्रै गरेनन् ।

आफूले नेता नेपाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नको लागि के आफूलाई बहु’ला कुकु’रले टोके’को छ र ? भन्ने टिप्प’णी गरेका थिए । ओलीको उक्त अभिव्यक्तिलाई लिएर नेता नेपालले भने,‘केपी ओलीका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । प्रधानमन्त्रीको पदमा बसेर उनले बोलेका यस्ता सबै कुराहरू रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’

१२८० पटक हेरिएको

तपाईको प्रतिक्रिया