
काठमाडौँ / नायीका पुजा शर्मा कहिलेकाँही विवा’दमा आउँछिन् । उनी पछिल्लो समय सिन्धुपाल्चोका बाढी पी’डितका लागि सहयोग लिएर गएकी थिइन् ।
हुन त उनका निकै मिल्ने साथी तथा नायक आकाश श्रेष्ठ पनि सिन्धुपाल्चोक सहयोग गर्न पुगेका थिए । तर उनीहरु संगै भने गएनन् । पुजा शर्माका बारेमा अनेक कुरा बाहिर ल्याएर आलोचना गर्ने पत्रकार प्रकाश सुवेदीको अभियानमा सहभागी भएर आकास सहयोगका लागि पुगेका थिए ।
पुजा र आकास अलग अलग सहयोगका लागि सिन्धुपाल्चोक पुगेपछि उनीहरुको सम्बन्धका बारेमा पनि प्रश्न उठेको थियो । उनीहरुबीच प्रेम छ भनिरहेको बेलामा सहयोगका लागि उनीहरु अलग अलग गएपछि प्रश्न उठाइएको थियो ।
त्यती मात्र होइन आकासले पुजालाई निकै आलो’चना गर्ने प्रकाशको समुहमा आवद्ध भएपछि उनीहरुको सम्बन्धका बारेमा पनि प्रश्न उठाइएको हो । आकास र पुजाको जोडी फिल्ममा निकै मन पराइएको जोडी हो ।
पुजा सिन्धुपाल्चोक पुगेर आफ्नो नामको टिसर्ट बाँडिन्, सेल्फी खिचिन र टिकटक पनि बनाइन् भनेर केहीले आ’लोचना गरे । उनले ति माध्यमवाट सिन्धुपाल्चोकको अवस्थाका बारेमा जानकारी गराएको जवाफ दिइन् ।
उनले आफुलाई माया गर्नेहरुले एक दिनमा दिएको सहयोग लिएर आफु सिन्धुपाल्चोक पुगेको बताइन् । उनले आफुलाई पढाउने प्रिन्सिपलले पनि आर्थिक सहयोग गरेको बताइन् । उनले एक दिनमै दुई लाख रुपैया भन्दा बढी रकम उठाएको बताइन् । हे’र्नुहोस् भिडियो :-