मंगलबार १६ आश्विन २०८०

पोखरा / गण्डकी प्रदेशका स्वतन्त्र सांसद् एवं बिनाविभागीय मन्त्री दीपक मनाङे (राजिव गुरुङ)ले आफूलाई भौ’तिक मन्त्री न’बनाए मुख्यमन्त्रीको जिम्मेवारी दिनुपर्ने मा’ग राखेका छन् ।

आइतबार दुई बिनाविभागीय मन्त्रीले मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएपछि उनले आफूलाई भौ’तिक मन्त्रालय दिनुपर्ने र, यदि उक्त पद नदि’ए मुख्यमन्त्रीकै जिम्मेवारी दिनुपर्ने अ’डान राखेका हुन् ।

उनले भनेका छन्, ‘माओवादी र कांग्रेसले ४/४ वटा मन्त्रालय अनि हामी जसपासँग ३ वटा मन्त्रालय भनेर पहिल्यै कुरा भएको हो । अहिले उनीहरु लो’भी भएर हुँदैन । यदि, त्यस्तो हो भने मलाई भौति’क न’दिए मुख्यमन्त्री दिनुपर्छ/दिन्छन् । मैले भन्दि’सक्या छु ।’

बिनाविभागीय मन्त्रीको शप’थ ग्रह’ण गरेको लगभग दुई हप्ताको अन्तरालमा नेकपा माओवादी केन्द्रकी मधुमाया अधिकारी र नेपाली कांग्रेसका कुमार खड्काले मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् ।

अधिकारीले स्वा’स्थ्य तथा जनसंख्या मन्त्रालय र खड्काले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएसँगै आइतबार नै पदभार ग्रहण गरेका छन् ।

तर, मनाङे भौ’तिक मन्त्रालयमै रहने र जसपाको अर्थ मन्त्रालयसहित २ मन्त्रालय दिने बा’चा भए पनि नदि’इएपछि कि’चलो बढेको छ ।

मुख्यमन्त्री पोखरेलले भने मनाङेलाई युवा तथा खेलकुद मन्त्रालय दिने बताएका छन् । तर, उक्त पदमा बस्नका लागि आफूले नेपालीलाई विश्वासको म’त नदिएको बताउँदै भौ’तिक मन्त्री बन्ने बा’चाका साथ सरकारमा सहभागी भएको जवाफ दिएका छन् ।

आफू कांग्रेस,जसपा एउटै पार्टी भएर सरकारमा गएको पनि बताएका छन् । साथै सरकारमा जानुअघि गरिएको सम्झौ’ता बमोजिम प’छि नह’ट्ने पनि उनले भनेका छन् ।

१३६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया