आइतबार ०७ आश्विन २०८०

काठमाडौं / असार १ गते आएको बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची बजार नै डु’बायो । हेलम्बु र पाँचपोखरी थाङ्पालमा पनि निकै ठूलो क्ष’ति भयो । मेलम्ची र इन्द्रावतीमा मिसिएको बाढीले मानव बस्ती डु’बायो । माथिल्लो भेग हेलम्बुदेखि ओ’इरिएको बा’ढीपहिरोका कारण अझै २० जना बे’पत्ता छन् । चार जनाको मात्र मृ’त्यु पु’ष्टि भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पहाडी र हिमाली भेगमा बढी वर्षा हुने पू’र्वानुमान गरेको छ तर असार १ गतेको आसपास मेलम्ची क्षेत्रको वर्षाको आकलन त्यसअनुसार भएको थिएन । त्यसबेला वर्षा पश्चिम नेपालमा केन्द्रित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो । मौसमविद्हरू ठूलो वर्षा भएको कुरा स्वीकार गर्दैनन् । भूगर्भविद्हरू माथिल्लो भेगमा वर्षा नभई पहिरो जानै नसक्ने बताउँछन् ।

पछिल्लो समय खण्डित वर्षा हुने क्रम बढेको छ । सानो स्थानको एकै ठाउँमा वर्षा भएका कारण ए’क्कासि बाढीपहिरो सिर्जना हुने गरेको भूगर्भविद् शिवकुमार बाँस्कोटा बताउछन् । उनले पोहोर साल पर्वतको दुर्लुङमा गएको पहिरोको उदाहरण दिए । लुम्ले नजिकै रहे पनि त्यस समयमा त्यहाँ पानी परेको थिएन तर दुर्लुङका बासिन्दाले कहिल्यै नदेखेको दर्के पानी देखे । त्यसको केही निमेषमै पहिरोले ब’स्ती बगा’एको थियो ।
मेलम्चीको माथिल्लो जलाधार क्षेत्रमा वर्षामापन यन्त्र थिएन । त्यहाँ पानी परेको हुनसक्ने आकलन उनको रहेको छ । उनले भने, “पहिले हिमनदीले ल्याएको माटोसहितको गेग्रान हेलम्बुमाथिको खहरे छेउछाउमा थुप्रि’एका छन्, पानी परेपछि बल्ल त्यो बग्न थालेको हो र कतै गएर खहरे थुनि’एपछि भे’लपहिरो वि’स्फोट भएको हुनसक्छ ।”

बाँस्कोटासहितको उच्च सरकारी टोली त्यो पहिरोले थुने’को स्थलको अवलोकन गर्न गएको थियो । ख’राब मौसमका कारण राम्ररी ठम्याउन नसकिए पनि प्रारम्भिक अवलोकनले त्यही देखाएको उनले सुनाए । उनका अनुसार एक र डेढ सय वर्षअघि अहिलेकैजस्तो पहिरो आएर मेलम्ची थु’निएको घट’ना दोहोरिएको हो । स्थानीय बुढा’पाकाहरू पनि यस्तै घट’ना धेरै वर्षअघि भएको सुनाउँछन् ।

नदीले बनाएका टारमा पछि बस्ती र बजार बनेकाले बाढीको चपे’टामा पर्न गएको बाँस्कोटा त’र्क गर्छन् । आ’जको गोर’खापत्र दै’निकमा यो सामग्री प्रकाशित भएको छ ।

१२७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया