सोमबार ३० साउन २०७९

काठमाडौं / त्रिभुवन विश्वविद्यालय परीक्षा निय’न्त्रण कार्यालय (पनिका)ले रोकि’एका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ ।

को’रोना भा’इरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्ब’लिएपछि पनिकाले यस वर्ष रो’किएका सबै परीक्षा स’म्पन्न गर्ने तयारी गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रो’किएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए।

‘को’रोना भाइ’रसको ते’स्रो ल’हर आए पनि हामी स्वा’स्थ्यका मा’पदण्ड ला’गू गरेर परी’क्षा सञ्चालन गर्दछौँ’, उनले भने, ‘भरसक भौतिक उपस्थितिमा परीक्षा गर्नेछौँ, त्यो सम्भव नभए पनि अनलाइनबाट परीक्षा गरेर क्यालेन्डरलाई पहिल्यकै अवस्थामा पुर्याउँछौं ।’

त्रिविको गत वर्ष भदौमा हुनेपर्ने स्नातक तह पहिलो वर्षको परीक्षा को’भिड–१९ का कारणले हुन सकेको छैन । पनिकाले स्नातक दोस्रो वर्षको परीक्षा आगामी साउन ४ गते र पहिलो वर्षको परीक्षा साउनको १० गतेदेखि सुरु गर्न थालेको छ । त्यसपछि स्नातक तह का’नुनको प्रथम वर्षको परीक्षा र स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा गर्ने तयारीमा पनिका रहेको छ ।

परीक्षा नि’यन्त्रक जोशीका अनुसार दशैँअगाडि २०७७ सालका परीक्षा सम्पन्न र दसैँपछाडि २०७८ सालका परीक्षा शुरु गर्ने तयारी छ ।

दसैंपछाडि स्नातक तहका चारै वर्ष र स्नातकोत्तर तहको प्रथम वर्षको परीक्षा गरिने जोशीले बताए । दसैअगाडि हुने परीक्षामा दुई लाख ५० हजार विद्यार्थी र दसैंपछाडिको परीक्षामा करीब छ लाख परीक्षार्थी सहभागी हुने उनले जानकारी दिए ।

विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र

पनिकाले विद्यार्थीलाई पायक पर्ने परीक्षा केन्द्र तोक्ने भएको छ। को’रोना भा’इरसका कारण घर गएका परीक्षार्थीलाई सहज होस् भनेर पनिकाले विद्यार्थीले रोजेको परीक्षा केन्द्रमा परीक्षा दिलाउने व्यवस्था गरिएको जोशीले बताए । योसँगै अब त्रिविको परीक्षा दिनका लागि काठमाडौँ आउने बा’ध्यता ह’टेको छ ।

‘हामीले विद्यार्थीलाई परीक्षा फारामसँगै आफूलाई पायक पर्ने परीक्षा केन्द्र पनि छा’न्न भनेका छौं”, उनले भने, ‘विद्यार्थीले जुन परीक्षा केन्द्र रोज्छन् त्यही परीक्षा केन्द्रमा गएर परीक्षा दिन पाउने छन् ।’ – रासस / तस्विर – फा’ईल ।

५४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया