
काठमाडौं, १० असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू जनतासामू गरेको प्रतिबद्धता अनुसार नै अघि बढेको स्पष्ट पारेका छन् । उनले आफूहरुभन्दा राम्रा नेता ल्याए आजै पद छोड्न तयार रहेको पनि बताए ।
उनले आफूले यो तीन वर्षमा केपी शर्मा ओलीलाई राम्रोसँग चिनेको पनि टिप्पणी गरे । आज (बिहीबार) संसद् भवनमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले आफूहरुको यो गठबन्धन लोकतन्त्र र संविधान रक्षार्थ गठन भएको गठबन्धन सुनाए । उनले सबै नेताहरु उस्तै उस्तै हुन भनेर हुर्मत लिने काम भयो भने राजनीतिक भ्याकुम सिर्जना हुनेतर्फ पनि सचेत गराए । उनले आफूहरुले छिमेकीहरुसँग राम्रो सम्बन्ध होस भन्ने चाहेको सुनाए ।
तर, नेपालमा विदे’शीहरुको अना’वश्यक चल’खेल नस’हने पनि उनको भनाई थियो । उनले आफूहरुले यो गठबन्धन बनाउँदासम्म धेरै अप्ठ्याराहरु सामना गरेको पनि सुनाए ।
उनले बहालावाला प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सीको लागि जेपनि गर्न तयार भएको सुनाए । उनले आफूहरु राष्ट्र, जनता, संविधान, लोकतन्त्रको हितमा अघि बढ्ने जनाए । – reporters nepal बा’ट ।