
काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र सिध्या’उन हिडेको आ’रोप लगाएका छन् ।
विहीबार संसद भवन नयाँ बानेश्वरमा सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै प्रचण्डले संविधान र लोकतन्त्र सिध्या’उने ओलीको कदमलाई राष्ट्रपतिले रबर स्ट्याम्प बनेर साथ दिइरहेको आ’रोप पनि लगाए ।
उनले देउवा र कांग्रेस दक्षिणपन्थी नभएको र प्रधानमन्त्री ओली पनि वामपन्थी नभएको बताए । प्रचण्डले लोकतन्त्र, संविधान र राष्ट्रको चुनौ’तीका वि’रुद्धमा जस्तोसुकै अप्ठे’रो परिस्थिति पनि सा’मना गर्ने स्पष्ट पारे ।
त्यस्तै उनले प्रधानमन्त्री ओली कुर्चीका लागि विदेशी श’क्तिसामु जस्तोसुकै सम्झौ’ता गर्न तयार रहेको भन्दै उनलाई र आफूहरुलाई एउटै नबुझिदिन आग्रह गरे ।
अहिले सत्य र अस’त्यको बीचमा लोकतन्त्र र अराज’कतन्त्रको बीचमा राष्ट्रियता र राष्ट्रघातको बीचमा ल’डाँइ चलिरहेको बताउदै प्रचण्डले सत्य र राष्ट्रको हितमा लाग्न आग्रह पनि गरे । राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने उनले बताए ।
प्रचण्डले राष्ट्रको स्वतन्त्रता र सार्वभौमिकताको रक्षाका लागि गठबन्धनको साझा एजेण्डा रहेको जानकारी दिएका छन् ।