मंगलबार ०९ आश्विन २०८०

काठमाडौं ९ असार / प्रधानमन्त्री केपी शर्मा ओलीले योग दिवसमा सोमबार दिएको अभि’व्यक्तिप्रति भारतमा चा’सो भएको छ । उनले योगा नेपालबाट आरम्भ भएको बताएका थिए ।

योग दिवसमा बालुवाटारमा आयोजित कार्यक्रममा उनले योगा भारतमा आरम्भ नभएको त’र्क गरेका थिए । उनले योगा आरम्भ हुँदा भारतको जन्म समेत नभएको बताएका थिए ।

प्रधानमन्त्री ओलीको अभिव्य’क्तिलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रका”शन गरेका छन् । उनले स्पष्ट शब्दमा योगा नेपालमै आरम्भ भएको बताएको इन्डियन एक्सप्रेसले खबर प्रकाशन गरेको छ ।

पन्ध्र हजार वर्ष अघि शमभुनाथले योगाको अभ्यास गरेको ओलीले बताएको उल्लेख छ । महर्षी पतञ्जलीले योगाको दर्शनलाई अझै व्यवस्थित ढंगले विकास गरेको भनेका थिए ।

ओलीले योगा कुनै ध’र्म र धा’र्मिक समू’हसँग मात्र सम्बन्धित नभएको त’र्क गरेका थिए । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा प्रस्ताव गर्दा आफूहरु पनि खुशी भएको ओलीले बताएको खबर भारतीय मिडियामा छ । – Reporters nepal बा’ट ।

१३६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया