
काठमाडौं / नेपाल प्रज्ञा प्रतिष्ठानको ६४ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ‘राष्ट्रिय कविता महोत्सव–२०७८’मा भोजपुरकी कविता राई प्रथम भएकी छन् ।
बुधबार भर्चुअल माध्यमबाट भएको कविता महोत्सवमा छनोट भएका ४० कविलाई पछि पार्दै कविता प्रथम भएकी हुन्। उनको ‘देशको नक्सा’ बोलको कविता प्रथम भएको छ ।
त्यसैगरी अमृता स्मृति द्वितीय, सविता बराल, निरञ्जनाकुमारी चन्द र प्रकाश सिलवाल तृतीय भएका छन् ।
प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्ययका अनुसार द्वितीय स्मृति धादिङकी हुन् भने तृतीय भएका बराल, चन्द र सिलवाल क्रमस ताप्लेजुङ, बर्दिया र नुवाकोटका हुन् ।
को’रोना महा’मारीका कारण प्रज्ञा प्रतिष्ठानले भर्चुअल माध्यमबाट कविता महोत्सव गरेको हो । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीयलाई ३०-३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ ।
कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा-प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको बताए ।
प्रतिष्ठानका सदस्य सचिव उपाध्यायले ब’न्दाबन्दी र नि’षेधाज्ञाका फुर्सदिलो समयमा साहित्यकारहरु झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताए ।
प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा ७६४ जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियो’गिताका लागि ४१ कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिए । जसमध्ये भुटानबाट भानु ढुंगाना कविता वाचनमा सहभागी भएनन् ।
वार्षिकोत्सवका अवसरमा प्रज्ञा-प्रतिष्ठानका १५ जना कर्मचारीहरुलाई जनही ३० हजारसहित दीर्घसेवा पदकबाट सम्मानित गरिएको छ । – अन्न’पूर्ण पो’ष्टबाट ।