शुक्रबार १७ चैत्र २०७९

रामेछाप / रामेछाप सम्पर्क समिति दक्षिण कोरियाद्वारा रामेछाप जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई रु ६ लाख ६९ हजार ४०० मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

गत शुक्रबार, शनिबार र आइतबार गरी जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकामा अक्सिजन कन्सन्ट्रेटर वा मिनी भेन्टिलेटर मध्ये एक/एक थान, ग्लुकोमिटर एक÷एक थान, मास्क १०० थान, पञ्जा १०० थान र स्यानिटाइजर प्रत्येक नगरपालिका तथा गाउँपालिकाकामा पुगी वितरण गरिएको संस्थाका पूर्वअध्यक्ष तथा सहयोग अभियानका संयोजक भीम खड्काले बताउनुभयो ।

स्वास्थ्य सामग्री खरिद गर्नुअघि प्रत्येक पालिकाका अस्पताल तथा स्वास्थ्य केन्द्रसँग समन्वय गरी आवश्यक सामग्री अनुरुप खरिद गरी सहयोग गरिएको संयोजक खड्काले बताउनुभयो ।

को’भिड नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्लाको तामाकोशी सेवा समितिद्वारा सञ्चालित तामाकोशी अस्पताललाई पनि पालिकालाई दिए बराबर स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

पछिल्लो समय जिल्लामा पनि को’रोनाको दोस्रो भेरि’यन्ट देखिएपछि को’रोनाका कारण अस्व’स्थ हुने तथा ज्या’नै गुमा’उनेको सङ्ख्या बढ्न थालेको थियो । उक्त विपत्जन्य अवस्थालाई मध्यनजर गर्दै यहाँ रहेका जिल्लावासी तथा नेपालीसँग सहयोग सङ्कलन अभियान चलाइएको थियो । सो अभियानबाट रु ६ लाख ६२ हजार २८४ उठेको थियो ।

त्यस्तै यही अभियानमा थपिने गरी नेपालमा रु ३५ हजार ५३४ सङ्कलन भएको थियो । सङ्कलित जम्मा रकम मध्येबाट ती सामग्री खरिद गरिएको हो । यस कार्यका लागि विशेषतः रामेछाप सम्पर्क समितिका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीमाझ एक महिनासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो ।

४८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया