शनिबार १८ मंसिर २०७८

डाेटी / गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा वि’वाद भएपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा ता’लाबन्दी गरिएको छ ।

गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा आफू निकटका व्यक्तिलाई मात्रै दिएको आ’रोप लगाउँदै यहाँका स्थानीय युवाहरूले कार्यालयमा ता’लाबन्दी गरेका हुन् । असार मसान्तकै समयमा गाउँपालिकाको कार्यालयमा ता’लाबन्दी गरिएपछि पालिकाका नीति तथा कार्यक्रम र चालू योजनाको भुक्तानीमा समेत प्रभावित भएको छ ।

गाउँपालिका अध्यक्षले सबै वडाका युवा समावेश गरिएको समितिलाई उक्त बजेट नदिएर अवै’धानिक रूपमा आफू अनुकूलको समितिलाई असार मसान्तको अन्तिममा रु पाँच लाख बराबरको बजेट दिएको भन्दै ता’लाबन्दी गरिएको स्थानीय यूवा भुवन कठायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजेट बिनियोजनका विषयमा गाउँपालिकालाई सल्लाह सुझाव दिन जाँदा आफ्ना माग र सुझावलाई अटेर गरेपछि ता’लाबन्दी गरिएको हो ।

युवाको समूहले गाउँपालिकाको कार्यालयमा लगाइएको ताला खोल्ने विषयमा अहिले मिटिङ् बोलाइएको अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताका लागि रु पाँच लाख रकम बिनियोजन भएको थियो, सो विषयमा केही अस’न्तुष्ट भएकाहरूले ता’लाबन्दी गरेको भन्ने सुनेको छु, सबैलाई बोलाएको छु, गुना’साहरु सम्बो’धन गरेर ता’लाबन्दी खोलिने छ ।”

१३० पटक हेरिएको

तपाईको प्रतिक्रिया