आइतबार १७ मंसिर २०८०

काठमाडौं / मन्त्रिपरिषद् विरुद्धार वि’रुद्ध परेको रि’टमाथि स’र्वोच्च अदा’लतले गरेको अन्तरिम आ’देशमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रश्न गरेका छन् ।

थापाले अन्तरिमपछि ट्वीट गर्दै त्यसमाथि प्रश्न गरेका हुन् । उनले मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वो’च्चको हो भन्दै प्रश्न गरेका हुन् ।

सँगै थापाले २०७४ सालमा शेरबहादुर देउवालाई अधिकार हुने र अहिले ओलीलाई किन नहुने भन्दै अर्को प्रश्न गरेका छन् । उनले आ’देशमाथि टिप्प’णी गर्दै अदा’लतको प्रतिष्ठा कायम रहोस् भन्ने कामना गरेका छन् ।

‘देउवालाई २०७४ मा अधिकार थियो, अहिले ओलीलाई छैन ? प्रतिष्ठा कायम रहोस्, बस !’, थापाले ट्वीटमा लेखेका छन्, ‘मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वो’च्चको हो र ?’

सँगै थापाले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भाषण फै’सलामा मंगलबार हु-बहु आएको र माधव नेपाल र भीम रावलको वक्तव्य र भाषण फैस’लामा भेटिएको भन्दै अरु दुई प्रश्न गरेका छन् ।

‘प्रचण्डले हिजो गरेको भाषण र सर्वो’च्चको आजको फैसलामा हु-बहु ?’, अदा’लत र विप’क्षी नेतामाथि प्रश्न गर्दै उनले थपेका छन्, ‘माधव–रावलका वक्तव्य र भाषण श्रीमान राउतको फैस’लामा हुबहु ? यो के भएछ ?’

९१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया