
काठमाडौं / निषेधाज्ञा उल्लं’घन गरेर स्वयम्भू डाँडामा ‘डेटिङ’ गएका सरकारी कर्मचारी दुवैले जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोधेको स्पष्टी’करण दिएका छन् । निषेधाज्ञामा स्वयम्भूको डाँडामा प्रे’मालाप गरेर भाइरल बनेका दुवैले आफूहरु पूजा गर्न गएको स्पष्टीकरणमा भनेका छन् ।
झण्डै एक महिना अघि सरकारी गाडी लिएर स्वयम्भू डेटिङमा पुगेको सरकारी कर्मचारीको भिडियो र तस्वीरले सामाजिक सञ्जाल रंगि’यो । भिडियोमा एक युवा र एक युवती डेटिङमा लि’प्त थिए ।
सरकारी गाडी चढेर स्वयम्भू डाँडामा पुगेर डेटिङमा लि’प्त हुने कर्मचारी हुन्, सहरी विकास विभाग अन्तर्गतको नयाँ शहर आयोजना प्रमुख, रोशन श्रेष्ठ । उनी सोही कार्यालयमा करार सेवामा कार्यरत युवतीसँग निषेधाज्ञा उल्लं’घन गर्दै सरकारी गाडी चढेर स्वयम्भूमा प्रेमालाप गर्न पुगेका थिए ।
उपसचिव इन्जिनियर श्रेष्ठ बिवाहित हुन् । उनको श्रीमती पनि इन्जिनियर नै हुन् । उनी राजधानीकै एउटा प्रतिष्ठित इञ्जिनियरिङ कलेजमा कार्यरत छिन् ।
तर, प्रदेश ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर श्रेष्ठ स्वयम्भूमा युव’तीसँग ‘डेटिङ’मा रमाउन पुगेका थिए । भिडियो र तस्वीर भाइरल भएपछि उपसचिव श्रेष्ठमाथि गृह मन्त्रालयले का’रवाही प्रक्रिया अघि बढायो । गृहले काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र का’ट्यो ।
गृहको पत्र प्राप्त गरे पछि सिडिओ कार्यालयले उक्त घट’नाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी जनक भट्टको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।
र, समितिले बयानका लागि रोशन श्रेष्ठ र ती करारका कर्मचारीलाई बोलायो र सोधपुछ गर्यो । तर, छानबिन समितिले जाँ’चबुझ गर्दा उनीहरु दुवैले पास लिएरै हिँडेको देखिएको र निषेधाज्ञा उल्ल’घन नभएको निष्कर्ष निकालिएको छ ।
सहायक सिडिओ भट्टले न्यूज २४ नेपालसँगको कुराकानीमा पास लिएर हिँडेको देखिएको र का’रबाही लगायत विषयमा मन्त्रालयलाई नै जिम्मेवारी दिइएको बताएका छन् ।
उनले भने, ‘पास लिएरै हिँडेको थियो । र, थप का’रबाही गर्ने नगर्ने बारेमा मन्त्रालयलाई नै पत्राचार गरिएको छ । अब, यस विषयमा अख्तियारलाई पनि अधिकार हुन्छ ।’
समितिका एक सदस्यका अुनसार श्रेष्ठले चलाएको प्रदेश ३–०१–००२ झ ४९२२ नम्बरको सरकारी गाडीको पास सहरी योजनाका विभागीय प्रमुखले दिएको पाइएकाले निषेधाज्ञा उल्ल’घन नभएको पनि निष्कर्ष निकालेको छ ।
के भन्छन्, सहायक सिडिओ ?
प्रशासनले सोधेको स्पष्टी’करणमा उनले के जवाफ दिए भन्नेबारे सहायक सिडिओ सापकोटाले बताएनन् । उनी नेतृत्वले उक्त घट’नाको बारेमा अनु’सन्धान अघि बढाए पनि समग्र विषयबारे भन्न हि’च्किचाए । उनले भने, ‘यस विषय सबै कुरा भन्न मिल्दैन । मलाईभन्दा पनि सूचना अधिकारीलाई सोध्नुहोला ।’
निषेधाज्ञा उल्लं’घन गरेर हिँड्ने कर्मचारीमाथि का’रबाही त गर्नुपर्ने होइन र ? भनेर पुनः प्रश्न गर्दा उनले मन्त्रालयलाई नै पत्रचार गरिएको उनले बताए ।
घट’नाबारे विस्तृत रुपमा जानकारी नदिएका सहायक सिडिओमाथि पनि प्रश्न उब्जिएको छ । जबकि निषेधाज्ञामा काम न बेकाम सरकारी गाडी लिएर डेटिङमा जाने कर्मचारीमाथि नियम उल्लं’घन नभएको र पास लिएरै हिँडेको भनेका सहायक सिडिओले त ब’चाएनन् ?
अहिले थप कार’बाहीलगायत सबै जिम्मा मन्त्रालयलाई दिइएको छ । तर, अझैँ का’रबाही गर्ने वा नगर्ने भन्ने सवालमा सिडिओ कार्यालयले निषेधा’ज्ञा उल्लं’घन नगरेको भनेको अवस्थामा मन्त्रालयले कारबाही गर्ला त ? – news 24 nepal बा’ट / तस्विर:- छायाचन्द्र अधिकारी ।