बिहिबार १६ आषाढ २०७९

रौतहट / नेपाल सरकारका खानेपानी तथा सरसफाइ मन्त्री अनिल कुमार झा मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला रौतहट आएका थिए । उनलाई स्वागत गर्न जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रनिगाहपुरमा ठुलो संख्यामा उनका शुभचिन्तकहरु आएका थिए । उनलाई चन्द्रनिगाहपुरमा शुभचिन्तकहरुले फुलमाला सहित भव्य स्वागत गरेका थिए ।

चन्द्रनिगाहपुरबाट उनलाई सुर’क्षाकर्मी र शुभचिन्तकहरुले स्क’र्टिङ्ग गरेर जिल्ला सदरमुकाम गौरसम्मको यात्रा सुरु गरेका थिए । बाटोमा विभिन्न स्थानमा उनलाई शुभचिन्तकहरुले रोकेर फुलमाला अविरले स्वागत पनि गरेका थिए । उनको सवारीमा ठुलो संख्यामा उनका शुभचिन्तकहरुको सवारी साधनहरुको ताँती लागेको थियो । ती सवारी साधनहरु अधिकांश भारतिय नम्बर प्लेटका थिए ।

रौतहटमा उनको सवारीको दृश्य हेर्दा तमिल फिल्मको झल्को दिएको थियो । तर उनको सो सवारी चन्द्रनिगाहपुरबाट गौरसम्म ४२ किलोमिटरको यात्रा तय गर्न नपाउँदै बाटोमै सर्वो’च्च अदा’लतबाट मन्त्रिपरिषद विस्तारवि’रुद्ध अन्तरिम आ’देश आयो । जसका कारण उनी सहित २० जना मन्त्री पदमु’क्त भइसकेका थिए । यसरी चन्द्रनिगापुरबाट गौर पुग्न नपाउँदै बाटैमा उनको मन्त्री पद चै’ट भयो ।

मन्त्री पदमा रहेर ता’मझाम सहितको उनको यात्रा ४२ किलोमिटर पुरा हुन नपाउँदै मन्त्री पद गु’मेको छ । उनको यो अवस्थालाई जिल्लाका सामाजिक संजाल प्रयोगकर्ताले सामाजिक संजालमा व्य’ङ्य गर्न थालेका छन् । स्थानिय संचारकर्मी सतेन्द्रप्रताप सिंह आफ्नो फेसबुकमा लेख्छन् , ‘गाडीमा झण्डा हल्लाएर आउने मन्त्री अब झण्डा फुकालेर घर जाने भए ।’

झालाई गृहजिल्लामै का’लोझण्डा :

सर्वो’च्चको अन्तरिम आदे’शबाट पदमु’क्त भएका निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री अनिल कुमार झालाई जिल्लाको मध्यभागमा रहेको गरुडामा का’लोझण्डा देखाइएको छ । उनलाई का’लो झण्डा देखाउने तीन जनालाई प्रह’रीले नियन्त्र’णमा लिएर इलाका प्र’हरी कार्यालय गरुडामा राखिएको छ ।

प’क्राउ पर्नेहरुमा माधवनारायण नगरपालिका ३ सखुअवाका ललन यादव, गरुडा नगरपालिका वडा नम्बर ५ का विजय यादव र दिपेन्द्र यादव रहेको जिल्ला प्र’हरी कार्यालय रौतहटले जनाएको छ । मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउने क्रममा गरुडाको झाँझ पुल नजिकै का’लो झण्डा देखाएर वि’रोध गरिएको थियो ।

प’क्राउ परेकाहरुले झाले मधेस र मधे’सीप्रति घा’त गरेको, रेमश चौधरीको रिहा’इको लागि पहल नगरेको, मधेस आन्दो’लनको भा’वना विप’रित सरकारमा गएको लगायतका आ’रोप लगाएका छन् । नेपाली काँग्रेस लगायतका विप’क्षी गठबन्धनले प’क्राउ परेकाहरुलाई विना श’र्त यथासिघ्र रि’हा गर्न मा’ग गरेका छन् । – बालविक्रम कार्की / news 24 nepal बा’ट ।

६८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया