
काठमाडौँ / सर्वो’च्च अदा’लतले पछिल्लोपटक गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध अन्तरिम आ’देश जारी गरेको छ । पछिल्लोपटक थपिएका २० जना मन्त्री सो आदे’शसँगै पद’मुक्त भएका छन् । संसद विघटनपछि काम चलाउ बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले थपेका मन्त्रीलाई तत्काल काम नगराउन सर्वो’च्च अदा’लतले अन्तरिम आ’देश दिएको छ ।
वरिष्ठ अधि’वक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणा भएको अवस्थामा गरिएको मन्त्रिपरिषद विस्तारको निर्णय विरु’द्ध दा’यर गरेको रि’टमा प्रधानन्या’याधीश चोलेन्द्रशमशेर राणा र न्याया’धीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्त’रिम आ’देश दिएको हो ।
मंगलबार सुनुवाइ गर्दै सर्वो’च्चले उनीहरुलाई काम नगराउन अन्तरिम आ’देश दिएको हो । आ’देशमा भनिएको छ, ‘प्रतिनिधि सभा विघटनको दोस्रो अवस्थापछि हालको सम्माननीय प्रधानमन्त्री नेपालको संविधानको धारा ७७ को उपधारा (१) बमोजिम स्वतः प्रतिनिधिसभाको सदस्य समेत नरही नि’जको प्रधानमन्त्री पद रिक्त हुन गएको अवस्थामा अर्को मन्त्रीपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले काम गर्ने भन्ने उल्लेख भएको देखिन्छ ।’
यसरी प्रतिनिधि सभा विघटन भएको विशेष परिस्थितिमा प्रधानमन्त्रीको अध्यक्षतामा जे जुन अवस्थाको मन्त्रीपरिषद छ त्यही मन्त्रीपरिषदले कार्य सञ्चालन गर्नुपर्ने व्यवस्था छ। तर प्रस्ट रुपमा कि’टानीका साथ उल्लेख भएपनि तत्काल कायम रहेका प्रधानमन्त्रीले अन्य सामान्य अवस्थाको प्रधानमन्त्रीले जस्तो मन्त्रिपरिषद विस्तार गर्ने,थप गर्न सक्ने भनी संविधानको कुनै पनि धा’रामा उल्लेख नभएको र धा’रा ७७ (३) ले साविककै मन्त्रिपरिषदले कार्य सञ्चालन गर्ने भनी कि’टान गरिरहेको अवस्थामा प्राइम फेस रुपमै मन्त्रिपरिषदको विस्तार गर्ने वा थप गर्ने अधिकार प्रधानमन्त्रीमा नरहेको भनी आ’देशमा उल्लेख छ ।
२०७८ जेठ २१ र २७ गते प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरुको थप नियुक्ति, संविधान अनुकुल नभएको र संविधानको मूल म’र्म र भा’वना विप’रीत भएको भन्दै मु’द्दाको अन्तिम टुंगो नलागेसम्म काम नगर्नु गर्न नदिनु भनिएको छ ।
प्रधानन्या’याधीश चोलेन्द्रशमशेर जबरा र न्या’याधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इज’लासले उनीहरुलाई काम नगराउन आ’देश दिएको हो । सर्वो’च्चको उक्त आ’देशसँगै रघुबीर महासेठ, राजेन्द्र महतो, खगराज अधिकारी, शरतसिंह भण्डारी, अनिलकुमार झा, शेरबहादुर तामाङ, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, नैनकला थापा, ज्वालाकुमारी साह, बिमलप्रसाद श्रीवास्तव पद’मु क्त भएका छन् ।
यस्तै उमाशंकर अरगरिया, चन्दा चौधरी, एकवाल मियाँ, नारद मुनि राना, गणेशकुमार पहाडी, मोहन बानिया र राज्यमन्त्रीहरु चन्द्रकान्त चौधरी, रेणुका गुरूङ, आशाकुमारी वि.क पनि पदमु’क्त भएका छन् ।
प्रतिनिधि सभा विघटन भइसकेर कामचलाउ मात्र बनेको अहिलेको मन्त्रिपरिषद् मा अब ५ जना मात्र मन्त्रीहरु रहने भएका छन् ।
– फा’ईल तस्वीर ।