
काठमाडौं / सर्वो’च्च अदा’लतले मन्त्रिपरिषद विस्तारवि’रुद्ध अन्तरिम आ’देश दिएको छ । वरिष्ठ अधिव’क्ता दिनेश त्रिपाठीले दा’यर गरेको रि’टमाथि मंगलबार सर्वो’च्चले अन्त’रिम आ’देश दिएको हो ।
यो आ’देशसँगै प्रतिनिधिसभा विघ’टनपछि प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी भएका २० मन्त्रीको पद गुमे’को छ ।
प्रतिनिधिसभा विघ’टनपछि मन्त्रिपरिषद् विस्तार भएको भन्दै दा’यर गरेको रि’टमाथि मंगलबार प्रधानन्या’याधीश चोलेन्द्रशमशेर राणा र न्या’याधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इज’लासले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदे’श दिएको हो ।
अन्तरिम आदे’शसँगै अब सरकारमा पाँचजना मन्त्री मात्र रहने भएका छन् । प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्री ओलीले एमाले प्रवेश गरेको पूर्वमाओवादी समूह, जसपा महन्थ ठाकुर समूहका नेता सरकारमा सहभागी भएका थिए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि जेठ १७ गते मन्त्रिपरिषद् विस्तार गरेका थिए । जहाँ जसपाको तर्फबाट उपप्रधानमन्त्रीसहित १२ मन्त्री र दुई राज्यमन्त्रीले श’पथ लिएका थिए । त्यसैगरी ओलीले जेठ २७ गते गृहमन्त्री खगराज अधिकारीसहित सात मन्त्री नियुक्त गरेका थिए ।
सर्वो’च्चको अन्तरिम आदे’शसँगै ओली सरकारमा सहभागी उपप्रधानमन्त्री राजेन्द्र महतो, रघुवीर महासेठसहित २० मन्त्रीको पद गु’मेको छ । उपप्रधानमन्त्रीमा बढुवा भएका विष्णु पाैडेल अर्थमन्त्रीमा मात्र सीमित भएका छन् ।
यो आ’देशसँगै अब सरकारमा प्रधानमन्त्री ओलीसँगै अर्थमन्त्री विष्णु पाैडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुनमन्त्री लिलानाथ श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङमात्रै बहाल रहने भएका छन् ।
– फाइल’तस्वीर ।