
काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले संसद पूनःस्थापना गर्ने अदालतको फैसलापछि के को दिपावली ? के को रुवाबासी ? बाँकी हेर्दै जाने हो भन्ने प्रतिक्रिया दिएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-राजनीतिले संसदमा असर गरेको हो,संबिधानले होईन।त्यो गोलचक्कर त उसैगरि चलिरहन्छ नि।राजनीति आ-आफ्नै तालसुरमा चलिरहन्छ।के को दिपावली के को रुवाबासीरु बाँकी हेर्दै जाने हो।
यसै बीच प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेकोप्रति प्रचण्ड-माधवपक्षीय नेकपाका अध्यक्षद्वयले खुशी साटासाट गरेका छन्।
पूर्वनिर्धारित सभालाई सम्बोधन गर्न चितवन पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर खुशी साटासाट गरेका हुन्।
आजका लागि तय भएको प्रचण्ड-माधव पक्षीय नेकपाको विरोधसभा अब विजयी सभामा परिणत भएको छ ।