
रिता लम्साल /
काठमाडौं :- ‘घर, खेत बाढीले बगा’एको भन्दा पनि बुवाको मृ’त्युको आलै घा’उले मन बढी पो’ल्छ, बुवा हुनुभएको भए सबै जिम्मेवारी आफ्नै था’प्लोमा हुँदैन थियो,’ सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोक गाउँका दीपकिरण खड्का म’लिन स्वरमा बोले ।
पाँचमुरेमा रहेको दीपकिरणको घर असार १ गते अघिसम्म मकै र धानखेतीको बीचमा चिटिक्क देखि’न्थ्यो । असार १ गतेको वर्षापछि मेलम्ची खोलामा आएको बाढीले दीपकिरणको घर डुवा’नमा पर्यो । असार ३ गते फेरि आएको बाढीले डुवा’नमा परेको दीपकिरणको चिटिक्कको घर ब’गायो । घरखेत बगा’एपछि अहिले दीपकिरणसँगै उनकी आमा र भाइ आफन्तको घरमा बसेका छन् ।
२५ वर्षीया दीपकिरणको बुवाको मृ’त्यु भ’एको एक महिना पुगेको छैन । गत जेठ ८ गते उनका बु’वाको वी’र अस्प’तालमा उप’चारको क्र’ममा मृ’त्यु भएको थि यो । ५५ वर्षीया बुवा रामबहादुरलाई प्याङ्क्रियाजको सम’स्या थियो ।
बुवाको मृ’त्युको घ’टनाले मनमा लागेको घा’उ नि’को नहुँदै दीपकिरणको जीवनमा अर्को ब’ज्रपात आइपर्यो । बुवा गु’माएको एक महिना नबित्दै दीपकिरणले आफ्नो घरखेत पनि गु’माए ।
तर पनि उनले आफू र आफ्नो परिवारलाई सम्हा’लेका छन् । बाढीले ब’गाएको घर–खेत भन्दा पनि उनलाई बुवाको सम्झ’नाले बढी स’ताउँछ ।
‘घरखेत र सम्पत्ति त पछि कमाउन पनि सकिन्छ, घरखेत बगाएकोमा भन्दा पनि बा बि’त्नुभयो, त्यो कुराले मन ख’ड्किन्छ,’ उनले भने, ‘बा हुनुएको भए, अब गर्ने कसरी बस्ने सबै कुरामा बाले सोच्नुहुन्थ्यो ।’
बाढी आउँदैछ भन्ने थाहा पाएर ज्या’न जो’गियो, एकजना आफन्त बे’पत्ता :
दीपकिरणको घर भएको पाँचमुरेमा उनका दुईजना काकाको पनि घर थि’यो । मंगलबार साँझ बाढी आउँदैछ भन्ने खबर दीपकिरणका काकाहरुले पाइसकेका थिए । तर, अघिल्ला वर्षहरुमा जस्तै सामान्य बाढी होला भन्ने सोचेका थि’ए सबैले ।
उनीहरुको माछाफार्म थियो । सबैजना माछा फार्मलाई बाढीको पानीबाट कसरी जोगाउने भन्नेतर्फ केन्द्रित थिए । दीपकिरण पनि आफ्नो फार्मको माछाको स्याहारमा नै लागेका थिए । केही समयमै खबर आयो, ‘हेलम्बु बजारको मोटरेबल पुलसम्म नै बाढी पु’गिसक्यो ।’
पुलसम्म नै बाढी पु’गिसकेको भन्ने जानकारी पाएपछि खोलापारी भएका छिमेकी दिदीहरुले खबर गरे । बाढी ठूलो आएको छ भन्ने जानकारी पाएपछि उनले भाइहरुलाई घरभन्दा माथि पठाए ।
दीपकिरण पनि घरभन्दा माथि जाने तयारी गर्दै थिए, खोलामा आएको बाढीको गड्ग’डाहट झन् चर्को हुँदै गयो । त्यसपछि उनी घर छाडेर दौ’डिए । बाढी बढ्दै गएको देखेपछि दीपकिरणका काकाहरु दौ’डिए । छरछिमेकमा ए’काएक को’लाहल म’च्चियो ।
‘कहिल्यै नआएको बाढी यसपालि आयो, एकै मिनेटमा ड’रलाग्दो अव’स्था देखियो । काकाहरुले ब’ल्लतल्ल ज्या’न जो’गाउन सफल हुनुभयो,’ दीपकिरणले भने, ‘एकमिनेट मात्र ढिलो गरेको भए म पनि बाँ’च्दिन थिए होला, एक मिनेटको अन्तरमा म बाढी भन्दा माथि पुगे, तर हाम्रो माइली हजुरआमा बे’पत्ता हुनुभयो ।’
दीपकिरणको घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ । घर ब’गाइसकेकाले घरको आकृति नै देखिँदैन । गोठको केही भाग भने बाँकी छ ।
बाढीले घरखेत नै ब’गाए पनि दीपकिरण विच’लित भएका छैनन् ।
एमविविएस पढाइ पूरा गर्ने सपना, बुबाको मृ’त्यु, बाढीले घरखेत बगा’एको पी’डाका बीच आफ्नो र भाइको पढाइको विषय पनि चि’न्ताको विषय बनेको छ दीपकिरणलाई ।
चीनमा एमबिबिएसको अध्ययन गरिरहेका दीपकिरण डेढ वर्षदेखि नेपालमै छन् । अघिल्लो वर्षको जाडो बिदामा नेपाल आएका उनी को’रोना संक्र’मणका कारण फर्किन पाएका छैनन् ।
हाल एमबिबिएस दोस्रो वर्षमा अध्ययनरत दीपकिरणको अनलाइन माध्यमबाटै पढाइ चलिरहेको थियो । जेठमा परीक्षा थियो, तर बुवाको काजकिरियाले गर्दा परीक्षा दिन सकेनन् । गत असार १ गते उनले परीक्षा दिँदै थिए । तर, त्यही दिन आएको बाढीले घरखेत नै ब’गाइदियो ।
‘बा बि’तेकै दिन परीक्षा थियो, परीक्षा दिनै सकिन, त्यो समयमा दुईवटा विषयको परीक्षा छु’ट्यो,’ उनले भने, ‘गत मंगलबार पनि परीक्षा थियो, त्यो दिन त दिए, त्यसपछिको परीक्षा दिनै पाएको छैन ।’
छात्रबृत्तिमा चीनको मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका उनलाई घर बनाउँदा र भाइको पढाइ खर्चको ऋ’णको भा’री छ । तर, उनले आफ्नो मनलाई सम्हा’ल्दै आएका छन्।
‘बसिरहेको घरमा त बस्न मिल्ने अव’स्था छैन, घर ब’गाएको छ, अब जेजे हुनु भइसक्यो, चि’न्ता लिएर मात्र त्यो घर फ’र्किएर आउँदैन,’ उनले भने, ‘खोला भन्दा माथि नै फाँटमा पनि जग्गा छ । त्यहीँ फेरि घर बनाउनु पर्छ भन्ने सोच छ ।’आफ्नो र भाइको पढाइ बाँकी नै भएकाले आमाको लागि बस्ने व्यवस्था गरेर पढाइमा केन्द्रित हुने दीपकिरणको योजना छ ।
‘बुबा बि’त्नुभएको एक महिना हुनलाग्यो, मेरो र भाइको पढाइ अझै बाँकी छ । हामी पढ्न जानुपर्छ, त्यसैले अब मम्मीलाई बस्न मिल्ने एउटा घर बनाइदिन पाए ढुक्क हुन्थ्यो भन्ने लागेको छ,’ दीपकिरणले भने, ‘सरकारले पनि घर बनाउन सहयोग गर्छ कि भन्ने आसा छ, नभए पनि मम्मीलाई तत्कालका लागि बस्ने ठाउँ त बनाउनै पर्छ ।’
छात्रवृत्ति पाएकाले आफ्नो पढाइको भने त्यति धेरै चि’न्ता छैन उनलाई । तर भाइको पढाइ खर्चका लागि लिएको ऋ’णको भा’री भने उनकै था’प्लोमा आइलागेको छ । तर पनि उनी आशावादी देखिन्छन् । ‘घरखेत डुवानमा पर्यो, १५–२० लाख ऋ’ण ति’र्नुछ,’ उनले भने, ‘पढ्दैछु पछि कमाएर तिरौंला नि ।’ – स्वा’स्थ्य ख’बर पत्रि’काबाट ।