सोमबार २० मंसिर २०७८

काठमाडौं / चर्चित लोक तथा दोहोरी गायिका तथा मोडल ज्योति मगरले काठमाडौंमा भव्य घर बनाएकी छिन् । कलाकारिता बाटै उनले काठमाडौंमा घर बनाएको कुरा पहिले नै बताएकी थिइन् ।

कोकरोना महा’मारी शुरु भन्दा पहिले नै बनाइसकेको घरमा हाल उनी बस्दै आएकी छिन् । वि’कट गाउँ रोल्पामा जन्मेर काठमाडौंमा संघ’र्ष गर्दै आफूले घर बनाएको कुरामा उनी गौरव गर्छिन् ।

काठमाडौंको कोटेश्वरमा उनले तीन तलाको भव्य विशाल घर बनाएकी छन् । अवि’वाहित गायिका मगरले अब बिहे गर्ने इच्छा पनि प्रकट गरेकी छन् । उनले आफुले घरज्वाँ’ई बस्ने दुलहा खोजिरहेको तर मन मिल्ने मान्छे नपाएको पनि उल्लेख गरिन् ।

रमाइलो गर्दै उनले भनिन् घर भैसक्यो अब घरजम गर्ने तयारीमा छु । ज्योती मगर विशेष गरी उनका गीत र भिडियो अनि समय समयमा दिने बया’नका कारण प्रायः चर्चामा रहने गर्छन् ।

नेपाली समाजले उनका धेरै गीतहरूलाई पा’च्य मान्दैन । दशकभन्दा लामो समयदेखि कलाकारीतामा सक्रिय उनले नाम र दाम दुवै कमाएकी छन् । पछिल्लो समयमा उनले आफ्ना गीतहरुमा केही परिवर्तनहरू देखाउन थालेको देख्न सकिन्छ ।

शुरुवातमा उत्ता’उला र उच्छृं’खल हुने गीतहरू अहिले अलिकति सुधार भएको हुन सक्ने धेरैको बुझाई रहेको छ । उनको घरमा उनका दिदीका छोरा पनि बस्दै आएका छन् ।

उनीसँग आफ्नै लग्जरी कार पनि छ । उनको शौ’खिन जीवनशैली निक्कै लो’भलाग्दो छ । अरु कालाकारको अवस्था हेर्दा र ज्योतिलाई नियाल्दा उनले आकाश, पाताल हुनेगरी आर्थिक रुपमा सम्पन्नता ल्याएकी छिन् ।

४७० पटक हेरिएको

तपाईको प्रतिक्रिया