शनिबार ३० आश्विन २०७८

सुर्खेत / कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी गरेको छ । जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो ।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताए । ‘एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखियो,’ सामाजिक विकास मन्त्री बुढाक्षेत्रीले भने, ‘साउनदेखि नीति अनुसार काम हुन्छ ।’

उनले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्त’क्षेप बढेको बताउँदै बस्ती प्रवेशमा नि’षेध, राहतको एकद्वार प्रणाली, सुरक्षाको प्रवन्ध, नाना र छानाको व्यवस्थापन लगायतका विषयहरु नीतिभित्र समेटिन्छन्,’ उनले भने, ‘राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरुको सामाजिकीकरणमा मन्त्रालयले काम गर्नेछ ।’

पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरुले गरेको बला’त्कार घ’टनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिहरुको प्रवेश नि’षेध आवश्यक रहेको महसुस भएको उनले बताए ।

मन्त्री बुढाक्षेत्रीले राउटे समुदायको संख्या घट्दै गएकोप्रति चि’न्ता व्यक्त गरे । उनले बालबालिकामा रहेको कुपो’षण न्यूनीकरण गर्न र उनीहरुको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरुलाई निर्देशन दिए ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरुको संरक्षण आवश्यक रहेको बताए । ‘नेपालको एकमात्रै फिरन्ते समुदायको संरक्षण राज्यको दायित्व हो,’ उनले भने, ‘परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटे सम्वन्धी नीति तयार गरिरहेका छौं ।’ उनले राउटे नीतिमा समेट्नुपर्ने विषयमा बारेमा उनीहरुसँग छलफल पनि गरिने बताए ।
– नाग’रिक दैनि’कबाट ।

२४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया