
काठमाडौँ / श्रम गन्तव्य मुलुकमा हवाई उडान सञ्चालन हुने भएको छ । को’भिड–१९ सङ्क’ट व्यवस्था’पन केन्द्र (सीसीएमसी)ले केही दिनभित्रै टर्की, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), जापान, मलेसियामा हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।
सीसीएमसीका अनुसार अन्तर्राष्ट्रिय उडान ब’न्द हुँदा ती देशमा रो’किएका
र अप्ठ्या’रोमा परेका नेपाली श्रमिकलाई सातामा दुई हजारका दरले उ’द्धार गर्ने तयारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउदी अरब र मलेसियामा रहेका नेपालीलाई स्वदेश आउन स’मस्या भएको छ । अन्य देशबाट भने अत्यावश्यक उडान भइरहेको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले उद्धार गर्नुपर्ने समस्या मलेसिया र साउदी अरबमा भएकाले त्यहाँको अवस्थाबारे सीसीएमसीलगायत सबै सरोकारवालालाई जानकारी गराइसकिएको जानकारी दिनुभयो । “बोर्ड सहयोग गर्न तयार छ, हामीलाई आ’देश चाहियो”, उहाँले थप्नुभयो ।
को’भिड–१९ को सङ्क्र’मण बढेपछि सरकारले डेढ महिनाअघि सबै अन्तर्राष्ट्रिय उडान ब’न्द गरेको थियो । उडान ब’न्द हुँदा स्वदेश फर्कने तयारीमा रहेका श्रमिक रोजगारदाता कम्पनीमै बसिरहेको ती देशमा रहेका नेपाली दूतावासले जानकारी गराउँदै आएका छन् ।
सीसीएमसीका अनुसार रोजगारदाता देशमा रोकिएका श्रमिक बेख’र्ची भए सरकारले क्वारेन्टाइन खर्च बे’होर्ने र अन्तर्राष्ट्रिय उडान ब’न्द हुँदा रोकिएका श्रमिकलाई छिट्टै स्वदेश फर्काउने तयारी गरेको छ ।
अहिले अघिल्लो वर्षजस्तो सम’स्या नभएकाले रोजगारदाता देशमा रोकिएका श्रमिकलाई स्वदेश फर्काउन कुनै अप्ठ्या’रो नहुने सीसीएमसीले जनाएको छ । यो ख’बर आ’जको गो’रखापत्र दैनि’कमा छा’पिएको छ ।