सोमबार ०१ कार्तिक २०७८

एलबी क्षेत्री /

अना’यासै देवघाट जाने योजना बन्यो, २०७८ असार ४ गते । फेसबुकमा सर्वोच्च अदा’लतका पूर्व प्रधानन्या’याधीश दामोदर शर्माको एउटा तस्बिर भा’इरल भएको थियो । उहाँको आश्रम देवघाट वारि नै रहेछ । म कार पार्क गरेर उहाँको आश्रम पुगें । उहाँले आफ्नो आश्रमको नाउँ– अखण्डानन्द आश्रम राख्नुभएको रहेछ ।

बिहान ११ बजिसकेको थियो । कृष्ण मन्दिरसँगै रहेको आश्रमभित्र प्रवेश गर्दा उहाँ अ’ग्निपूजामा मग्न हुनुहुन्थ्यो । एउटा रित्तो कुर्चीमा बसेर चारैतिर नियालें । भित्तामा हिन्दु भगवानहरुका तस्बिर टाँसिएका थिए र भित्तैमा टाँसिएको टीभीमा भजनकीर्तन चलिरहेको थियो । उहाँ एकाग्र मनले एउटा हातले अ’ग्निमा चरु हव’न गर्दै हुनुहुन्थ्यो, अर्को हातमा रुद्राक्ष माला थियो ।

म पुगेको उहाँलाई आभास नभएको होइन तर उहाँले आफ्नो पूजाक्रमलाई जारी राख्नुभयो । लगभग आधा घण्टाको प्रतीक्षापछि उहाँ ध्यानबाट निवृत भई मन्दिर कक्षबाट बाहिर निस्कनुभयो । हातमा रहेको त्यो रुद्राक्षको माला आफ्नो घाँटीमा राख्नुभयो, मैले ‘नमस्कार’ टक्र्याएँ, लिनुभयो तर मप्रति खासै रुचि देखाउनु भएन । अलिक ख’ल्लो स्वरमा सोध्नु भयो, ‘किन आउनुभयो ? कहाँबाट आउनुभयो ?”

मैले विनम्रतापूर्वक नै भनें– “तपाईंलाई भेट्न आएको हुँ । अहिले म देवघाट आएको छु ।”

उहाँले भन्नुभयो, “म संन्यासी भएर बसेको मान्छेसँग किन भेट्न खोज्नुभयो ?’ मैले फेसबुकमा भाइरल भएको फोटोद्वारा आकर्षित भएर उहाँलाई भेट्ने उत्कट इच्छा जागृत भएकाले आश्रम खोज्दै आएको भन्दा उहाँले पुनः अरु’चिकै स्वरमा भन्नुभयो – ‘हामी यसरी नै बस्छौं, जीवन चलिरहेछ । ईश्वरमा समर्पित छौं ।

यहाँभन्दा बढी केही छैन मसँग ।” साथै सोध्नुभयो, “तपाईंको परिचय के हो ?” मैले विनम्रताका साथ भनें, “मेरो खासै परिचय छैन गुरु । म त्रिभुवन विश्वविद्यालयको सेवानिवृत्त प्राध्यापक हुँ । चितवनमै बस्छु ।” त्यसपछि उहाँमा अचानक परिवर्तन आयो र भन्नुभयो, “ओहो ! तपाईं यो देशको विद्वान् नागरिक । यता आउनुस्, सँगै बसौं ।”

पहिला म टाढा कुर्चीमा बसेको थिएँ । उहाँको स्वर केही नरम हुँदा नजीकै गएर बसें । मेरो परिचय खुलेपछि उहाँले आफ्नै खाटमा बस्न क’र गर्नुभयो र सँगै कफी खान आग्रह गर्नुभयो । स्टीलको गिलासमा कफी आयो र कफीसँगै विभिन्न विषयमा कुरा गर्यौं । उहाँले आफ्नो व्यक्तिगत जीवनबारे केही भन्न चाहनु भएन । मैले क’र पनि गरिनँ । मात्र भन्नुभयो– “मेरो बारे बाहिर सोध्नुभयो भने सबैले भनिहाल्छन् ।”

परिवारबारे सोद्धा छोटकरीमा भन्नुभयो– ‘मेरो कोही छैन । म एक्लै आएँ, एक्लै जाने हो ।’ त्यसपछि मैले वर्तमानमा नेपाली राजनीतिबारे कुरा गर्ने चाहना राख्दा यस विषयमा उहाँले केही बोल्न चाहनुभएन । मैले भनें– “तपाईं देशको पूर्व प्रधानन्या’याधीश, देश राजनीतिक रूपमा लथा’लिङ्ग बनेको परिवेश, जनताको सार्वभौम भनिएको संसद दुई-दुई पटक भं’ग भएको अवस्था छ । त्रिभुवन विश्वविद्यालयको एक जना सेवानिवृत्त प्राध्यापक यसबारे तपाईंसँग विमर्श गर्न चाहँदा आप’त्तिजनक त होइन सर ।”

उहाँले सोझै भन्नुभयो– “पूर्व न्याया’धीशहरूले आफ्नो कुरा राखिसक्नुभएको छ । शेरबहादुर लगायत पाँच-पाँच जना पूर्वप्रधानमन्त्रीहरूले आफ्नो कुरा बारम्बार दोहोर्याइरहेका छन् । म संन्यासी भएर बसेको मान्छेले के भन्ने सर ?”

मैले भनें– ” हिजोको दिनमा त्यस्तो उच्च ओहदाको जिम्मेवारी लिएर बस्नुभएको हजुर भित्तामा टाँसिएर भजन गाइरहेको टेलिभिजनबाट तपाईंले देशमा घ’ट्दै गरेका राजनीतिक समाचार दुर्घ’टना अवश्य नै सुन्नुहुन्छ । मन त तपाईंको पनि दु’ख्छ होला सर । मन र मस्ति’ष्कमा विचारले पनि आ’क्रमण गर्छन् नै होला ।”

उहाँले मेरो नाउँ सोध्नुभयो । मैले एलबी क्षेत्री भनें ।

उहाँले भन्नुभयो– “क्षेत्रीजी, लोकतान्त्रिक परिपाटीमा विकल्प रहुन्जेल संसद् विघटन गर्नु उचित होइन तर धेरै किच’लो भइसक्दा जनता नै सार्वभौम श’क्ति भएकाले जनताकै बीच गएर निर्णय लिऊँ भन्नु कुनै अप’राध होइन ।”

त्यसपछि उहाँसँग सोध्ने योग्य कुनै प्रश्न वा जिज्ञासा नरहेकाले उहाँसँग बिदा मागें । उहाँले भन्नुभयो ‘पख्नुस्’ भन्दै पहेंलाम्मे पाकेका दुइवटा केरा दिंदै भन्नुभयो– “यो प्रसाद लिएर जानोस् । तपाईंको शुभ होस् ।”

मैले प्रणाम गरें र फर्कें । देवघाटको मुख्य पार्किङतिर जाँदै गरेको मूलबाटोमा लवराज सुवेदी नाम भएका एक जना विद्वानसँग मेरो पुरानो परिचय थियो र उहाँलाई खोजेर केही बेर संन्यासी दामोदर शर्माबारे जानकारी लिने मनसाय राख्दा उहाँले भन्नुभयो– “खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष हुँदा उहाँ का.मु. प्रधानन्या’याधीश नियुक्त हुनुभएको रहेछ । त्यसपछि खिलराज रेग्मी सेवानिवृत्त भएपछि उहाँ प्रधानन्या’याधीश नियुक्त हुनुभएको रहेछ ।”

मलाई २०६६-६७ देखि नै लवराज सुवेदीबाट दामोदर शर्मा चितवनको देवघाट आउँदै गरेको र एउटा आश्रमको निर्माण योजनामा सक्रिय रहनुभएको जानकारी प्राप्त भएको थियो । उहाँले भारतको वृन्दावनका कुनै अखण्डानन्द महाराजबाट पूर्णरुपेण सं’न्यास दीक्षा ग्रहण गर्नुभएको रहेछ ।

उहाँका काठमाडौं र सिमरामा पनि आश्रम रहेछन् । मसँग नै ‘कहिलेकाहीं उता पनि जाने गर्छु’ भन्नुभएको थियो । लवराज सुवेदीजीले भन्नुभयो– “देवघाटका बासिन्दाका लागि उहाँको मुख्य योगदान सरकारी आयोजनाको खानेपानी व्यवस्थापन हो । आज हामीले उहाँले गर्दा सरकारी पानी खान पाएका छौं ।” – Reporters Nepal बा’ट ।

६०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया