
सिन्धुपाल्चोक / सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बाढी पि’डितको नाममा चन्दा वा सहयोग संकलन नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले एक प्रेस विज्ञप्ति जारी गर्दै राहत वा चन्दा सहयोग संकलन गरेमा, बजार मूल्य बढाएमा, कृत्रिम अ’भाव सिर्जना गरेमा, गुणस्त’रहीन बस्तुको कारोबार गरेमा २ वर्ष कै’द तथा १ लाख रुपैयाँ जरि’वाना गराउने चेता’वनी दिएको हो ।
सिन्धुपाल्चोक जिल्लाको उत्तर-पश्चिम गाउँ हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा ७ जनाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।
बाढी र माटोको लेदोले मेलम्ची क्षेत्रका पक्की घरका संरचना डुबेर क्ष’ति पनि भएका छन् । नदी किनाराका सम्पूर्ण संरचना ध्व’स्त बनाएर अरबौंको क्ष’ति पूर्याएको छ । यसैबीच, नदीमा पानीको सतह बढेपछि नदी आसपासका बस्ती र बजारहरु खाली गराइएको छ ।
बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम र नेशनल हाइड्रोपावरको ड्याम पूर्ण रुपमा क्ष’तिग्रस्त भएको छ भने नदी तटीय क्षेत्रमा भएका रिसोर्ट तथा ईको रिसोर्ट गरी आधा दर्जन रिसोर्ट बगा’एको छ ।